विराटनगर । नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघ विराटनगर इकाइले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार विराटनगरमा पहिलोपटक संघले आफ्ना सदस्यहरूको लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
संघले औषधी प्रतिनिधि एमआरसँग सम्बन्धित पेसागत हकहित, नितिनियम, कानुनी ब्यबस्था, अवसर र चुनौती लगायतका विभिन्न बिषयहरूमा गहन छलफल गरेको छ । साथै संघले आफ्ना सदस्यहरूलाई सुसूचित गराउने प्रयास गरेको छ ।
संस्थाका नयाँ सदस्यहरूलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएपनि पुराना सदस्यहरूको पनि सहभागिता रहेको थियो ।
मुख्य प्रशिक्षक एनएमएसआरए केन्द्रका सचिव कृष्ण खत्याडीले श्रम अधिकारका बारेमा जानकारी गराउँदै श्रमिकले पालना गर्नु पर्ने कर्तव्यहरूका बारेमा जानकारी गराएका थिए ।
वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा बालकृष्ण साहले एमआरहरू अनुशासित हुँदै इमान्दार हुनुपर्ने र चिकित्सकसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो बनाउन सके पेसामा मात्र नभई जीवनमा पनि सफल रहने बताए ।
औषधि ब्यबसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले औषधी व्यवसायी र एमआर बीचको सम्बन्धका चर्चा गरेका थिए ।
कार्यक्रममा संस्थाका केन्द्रीय महासचिव सुनिल श्रेष्ठ, केन्द्रिय सदस्य राजेश अधिकारी संस्थाका पूर्व उपाध्यक्ष राम लुइँटेल, वरिष्ठ सदस्य अन्जेस साह लगायतले आ–आफ्नो धारणा राखेका थिए ।