विराटनगर । इटहरीमा सिटी सफारीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी २ हलगडामा सफारीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ६८ वर्षीया पूण्यमाया काफ्ले रहेकी छन् ।
उनको आइतबार ९आज० दिउँसो ११ बजे तरहराबाट इटहरीतर्फ जाँदै गरेको को १ ह ५६०५ नम्बरको सिटी सफारीले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी काफ्लेको उपचारको क्रममा विराट नरसिंह होम विराटनगरमा मृत्यु भएको हो ।
ठक्कर दिने सफारी चालक जिल्ला स्याङ्जा पुतली नगरपालिका ८ घर भइ हाल इटहरी ८ बस्दै आएका २६ वर्षीय पीताम्बर सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।