विराटनगर । जिवन विकास लघुवित्त बित्तिय संस्था सिजुवा साखाको आयोजनामा बित्तिय साक्षरता तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । जिवन विकास लघुवित्त बित्तिय संस्था सिजुवा साखाले एक दिने बित्तिय साक्षरता तथा गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो ।
गा्रहक सदस्यहरुको गुनासो सम्बोधन गर्दै जिवन विकास लघुवित्त बित्तिय संस्थाका विभागिय प्रमुख सुदिप कुमार मण्डलले वित्तिय साक्षरताका बारेमा जानकारि दिएका थिए । कार्यक्रमकै अवसरमा अति विपन्न परिवारका ब्याक्तिहरुलाइ जिवन विकासले ४०००० रुपैयाँ समेत सहयोग गरेको थियो । अति विपन्न परिवारका ब्याक्तिहरुलाइ रतुवामाई नगर प्रमुख नागेश्वर प्रसाद सिंहले रकम हस्तान्तरण गरेका थिए ।
महिलाहरुलाइ आर्थिक रुपमा सवल बनाउनका लागि जिवन विकास लघुवित्त बित्तिय संस्थाले बेलाबेलामा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । शैक्षिक र आर्थिक रुपमा समाजलाइ अगाडि बढाउने उदेश्यले स्थापना भएको जिवन विकासले हरेक बर्ष अति विपन्न ब्याक्तिहरुलाइ आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।
जिवन विकासले आर्थिक रुपमा सवल बनाउनका लागि महत्वपुर्ण योगदान दिएको स्थानिय महिलाहरुले बताए । जिवन विकासले आर्थिकरुपमा मात्र नभएर दलित सामुदायका विद्यार्थीहरुका लागि शैक्षिक क्षेत्रमा समेत योगदान पुर्याएको उनिहरुले बताए ।
जिवन विकास लघुवित्त बित्तिय संस्थाका विभागिय प्रमुख सुदिप कुमार मण्डलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा लघुवित्त बित्तिय संस्था सिजुवा साखाले आयोजना गरेको कार्यक्रममा रतुवामाई नगर प्रमुख नागेश्वर प्रसाद सिंह प्रमुख अतिथीका रुपमा रहेका थिए । त्यसैगरि दमयन्ता देवी चुडाल विशिष्ठ अतिथिका रुपमा रहेकी थिइन । कार्यक्रममा रतुवामाई नगरपालीकाका विभिन्न वडाका वडा अध्यक्ष र विभिन्न विद्यालयका प्राध्यानाध्यापकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन जिवन विकासका मोरङ जिल्लाका प्रमुख सन्तोस कार्कीले संचालन गरेका थिए ।
Post Views: 7