विराटनगर – सत्ता समीकरण परिवर्तनपछि नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक बिहीवार बसेको छ । बिहीवार बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरूलाई कामको गति बढाउन निर्देशन दिएका छन् ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले मन्त्रीहरूलाई आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेर नतिजा आउने गरी काम गर्न निर्देशन दिएका छन् ।
बैठकले ८ मार्चमा संयुक्त राष्ट्रसंघमा हुने कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई सहभागी हुन अनुमति दिने निर्णय गरेको छ ।
यस्तै २६ गते शनिवार अवकाश हुन लागेकी स्वास्थ्यसचिव देवकुमारी गुरागाईंलाई बिदाइ गर्ने निर्णय भएको छ ।
Post Views: 4