विराटनगर – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालका नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।
बिहीवार बिहान मन्त्रालय पुगेर राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् । श्रेष्ठ परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि राजदूत श्रीवास्तवले पहिलो पटक उनीसँग भेटवार्ता गरेका हुन् ।
यसअघि गृहमन्त्रीको जिम्मेवारीमा रहेका श्रेष्ठ हालै सत्ता समीकरण फेरबदलपछि परराष्ट्रमन्त्री नियुक्त भएका हुन् ।
भेटमा राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
सो अवसरमा उनीहरूबीच नेपाल-भारत सम्बन्ध तथा आपसी सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
Post Views: 22