विराटनगर । विराटनगर–१० स्थित कान्तिपुर सेकेन्डरी स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । आज कञ्चनजंघा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ, मोरङका प्रमुख टंक गौतम, विराटनगर महानगरका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराई, हिसान मोरङका अध्यक्ष अमित ढकाल, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल भुवन नेपालले कान्तिपुर स्कुलले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्रै सीमित नराखेर अतिरिक्त क्रियाकलापमा पनि सक्रिय गराउने गरेको बताए । २०७२ सालबाट नयाँ व्यवस्थापन टिममार्फत सञ्चालन भइरहेको कान्तिपुरले गुणस्तरीय शिक्षामा फड्को मारेको उल्लेख गरे ।
वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा विद्यार्थीहरूले विभिन्न संस्कृति झल्कने नृत्य प्रस्तुत गरेर अभिभावक तथा अतिथिहरूलाई मनोरञ्न प्रदान गरेका थिए । कान्तिपुरले कक्षा १० सम्मको अभिभावक दिवस आज मनाएको हो भने कक्षा ११ र १२ को अभिभावक दिवस पनि चाँडै मनाउने जनाएको छ ।
Post Views: 12