होस्टेल सञ्चालिका अस्पताल भर्ना, झुटो स्वास्थ्य रिपोर्ट बनाएको भन्दै प्रतिवादमा उत्रने विद्यार्थी संगठनहरूको चेतावनी

होस्टेल सञ्चालिका अस्पताल भर्ना, झुटो स्वास्थ्य रिपोर्ट बनाएको भन्दै प्रतिवादमा उत्रने विद्यार्थी संगठनहरूको चेतावनी

 राष्ट्रिय डेली

विराटनगर । छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी विराटनगर महानगरपालिका-८, मधुमारास्थित मुनलाइट गर्ल्स होस्टेलकी सञ्चालिका मधु रेग्मी अस्पताल भर्ना भएकी छन् । पीडित छात्राहरूले दिएको जाहेरीका आधारमा बुधबार पक्राउ परेकी उनी सोही दिन कोशी अस्पताल भर्ना भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन दाहालका अनुसार अभद्र व्यवहारको कसुरमा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय लैजान खोज्दा उनले आफूलाई स्वास्थ्य समस्या भएको भन्दै अस्पताल जानुपर्ने बताएकी थिइन् । म्याद थप नगरी नमिल्ने भनेर म्याद थप गरेपश्चात् उनलाई अस्पताल भर्ना गरिएको डीएसपी दाहालले बताए ।

‘म्याद थप गर्न लैजान खोज्दा नै आफूलाई स्वास्थ्य समस्या भयो, जान सक्दिनँ, अस्पताल जानुपर्छ भनिरहनु भएको थियो,’ डीएसपी दाहालले राष्ट्रिय डेलीसँग भने, ‘म्याद थप नगरी मिल्दैन भनेर म्याद थप गरिसकेपछि अस्पताल भर्ना गरिएको हो । स्वास्थ्य समस्या भएको भनेपछि भोलि केही तलमाथि भए प्रहरीलाई नै समस्या हुन सक्ने भएकाले अस्पताल भर्ना गरिएको हो ।’

उनको स्वास्थ्य अवस्थाबारे कोशी अस्पतालमा सम्पर्क गरेर बुझ्दा उनलाई मोरङ सहकारी अस्पताल रिफर गर्ने तयारी भइरहेको अस्पताल प्रशासनका एक कर्मचारीले बताए । स्वास्थ्य समस्या के हो भन्नेबारे भने आफूले जानकारी पाउन नसकेको ती कर्मचारीले बताए ।

होस्टेल सञ्चालिका रेग्मीले फागुन २९ गते राति सो होस्टेलकाे एक काेठामा बसेर विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस, बीएससी नर्सिङ प्रथम वर्षमा अध्ययनरत तीन जना छात्राहरूलाई दुर्व्यवहार गरेकी थिइन् । होस्टेल शुल्क अग्रिम रूपमा नतिरेको भन्दै दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

रेग्मीले छात्राहरूलाई गालीगलौज गर्दै कोठाका सामान छरपष्ट पारिदिएर राति नै होस्टेलबाट निस्कन भनी धम्काएकी थिइन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोअनुसार होस्टेल सञ्चालिका रेग्मीले पीडित छात्राहरूलाई चैत महिनाको होस्टेल शुल्क जनही ३/३ हजार रूपैयाँका दरले अग्रिम भुक्तानी गर्न भनेकी छन् । तर, छात्राहरूले आफूहरू केही दिनभित्र क्याम्पसकै होस्टेलमा सर्ने र बसेसम्मको मात्रै भुक्तानी गर्ने भनेपछि होस्टेल सञ्चालिका रेग्मीले दुर्व्यवहार गरेको देखिन्छ ।

पीडित छात्राहरूले फागुन महिनासम्मको शुल्क अग्रिम रूपमा बुझाएको र आफूहरू ३ गतेदेखि बस्न थालेकाले सोही मितिसम्मको शुल्क बुझाउने भनेपछि रेग्मीले आफूहरूलाई हातपात गरेको पनि बताएका छन् ।

कडा प्रतिवादमा उत्रने विद्यार्थी संगठनहरूको चेतावनी
यसैबीच झुटो स्वास्थ्य रिपोर्ट बनाएर होस्टेल सञ्चालिका रेग्मीलाई अस्पताल भर्ना गरिएको भन्दै विद्यार्थी संगठनहरूले यसविरूद्ध कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् । स्वतन्त्र विद्यार्थी युनियन, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाइ समितिमा आबद्ध विद्यार्थी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सोको भर्त्सना गरेका हुन् ।

दोषीलाई बचाउ गर्दै कानुनको आँखा छल्न खोजे आफूहरू जस्तोसुकै कदम उठाउन बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार जिल्ला प्रशासन कार्यालय हुनुपर्ने विद्यार्थी संगठनहरूको चेतवानी छ ।

adv-single
सम्बन्धित समाचार

भानु कलेजले गर्‍यो कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगरको मेनरोडस्थित भानु +२ कलेजले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजले बुधबार विराटनगरस्थित महेन्द्र होटल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ को वार्षिक...

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...