धरानबाट भोजपुरको दक्षिण घोरेटार जाँदै गरेको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, तीन पुरूष र तीन महिलाको मृत्यु भइसकेको छ ।
को १ ज २५९३ नम्बरको जीप आज दिउँसो १ः३० बजेतिर उदयपुरको बेलका–७, बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ । जीपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय, भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत हुन नसकेको बताए । जीप सडकबाट करिब तीन सय मिटर तल जीप खसेको प्रहरीले जनाएको छ ।
Post Views: 3