विराटनगर । विराटनगरमा एक जना स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भई विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
स्टाफ नर्स दास विराटनगर-४, बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा गरी बस्दै आएकी थिइन् । उनी बस्ने घरको कोठाभित्रको शौचालयमा शुक्रबार दिउँसो उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले जानकारी दिए ।
‘कर्तव्य गरी मारेको जस्तो देखिन्छ । हामीले उहाँको परिवारलाई खबर गरेका छौं र उहाँहरू आउँदै हुनुहुन्छ,’ डीएसपी दाहालले राष्ट्रिय डेलीसँग भने, ‘घटनामा संलग्नको पहिचान खुलेको छैन । हामीले थप अनुसन्धान सुरू गरेका छौं ।’
प्रहरीका अनुसार स्टाफ नर्स दासको धारिलो हतियार प्रहार गरेर हत्या भएको हुन सक्ने अनुमान छ । दासको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेको जस्तो चोट छ ।
Post Views: 67