सामूहिक राजीनामाको चेतावनीसहित कांग्रेस पदाधिकारीले नै गरे कटहरीका अध्यक्षलाई कारबाहीको माग

सामूहिक राजीनामाको चेतावनीसहित कांग्रेस पदाधिकारीले नै गरे कटहरीका अध्यक्षलाई कारबाहीको माग

 राष्ट्रिय डेली

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीलाई उनी निर्वाचित दल नेपाली कांग्रेसले नै कारबाहीको माग गरेको छ ।

पार्टी संगठन तथा नेता-कार्यकर्तालाई बेवास्ता, काममा असहयोग, अन्य पार्टी र कर्मचारीसँग साठगाँठ, विकास निर्माण र ठेक्कामा अनियमितता, कर्मचारी नियुक्ति तथा सरूवामा मनपरी गरेको भन्दै उनलाई कारबाहीको माग उठेको हो ।

उनको कार्यशैलीप्रति रूष्ट हुँदै पार्टीका क्षेत्रीय र प्रदेश प्रतिनिधि, पालिका सभापतिसहितका पदाधिकारी, सातवटै वडाका सभापतिसहित शनिबार बसेको संयुक्त बैठकले अध्यक्ष चौधरीलाई पार्टीको माथिल्लो निकायमा कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । अध्यक्ष चौधरीलाई कारबाही नगरिए पार्टीका पालिकास्तरका नेताहरू सामूहिक राजीनामा दिन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

पार्टीका नेता-कार्यकर्ताले विकास र जनताका माग लिएर जाँदा त्यसको सुनुवाइ नगरी ‘मैले कांग्रेसको मतले जितेको होइन, अरू पार्टीको मतले जितेको हुँ । जहाँ जानुहुन्छ जानुस्’ भन्ने खालका अभिव्यक्ति दिने गरेको आरोप अध्यक्ष चौधरीलाई लगाइएको छ ।

हुलाकी सडकमा संघर्ष समिति र जिल्ला प्रशासन कार्यालयसँगको सम्झौताअनुसार काम नभएर दुर्घटना भइरहेको, सडक छेउका बासिन्दाहरूलाई धुलोले असर परिरहेको जनाउँदै पुनः जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर त्यसविरूद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय बैठकले गरेको छ ।

पार्टीका पालिका उपसभापति गोकर्ण भट्टराईसँग भ्रमणका लागि भन्दै आर्थिक सहयोग माग गरेको र रकम नदिएकाले कटहरीका कर्मचारी रहेका भट्टराईका भाइ राजेश भट्टराईको जागिर खाइदिने धम्की दिएर सरूवा गरी दुःख दिएको आरोप अध्यक्ष चौधरीमाथि लगाइएको छ ।

यस्तै पूर्वाग्रह राखेर पालिकाकी कर्मचारी रहेकी पार्टीका पालिका सभापति तथा गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतकी छोरी सरिता कामतको सरूवा गरेको, पार्टीका वडा सभापति सञ्जय मण्डलको काममा अवरोध गरेको आरोप अध्यक्ष चौधरीमाथि छ ।

पार्टीका प्रदेश प्रतिनिधि गणेश मुखियाको ट्र्याक्टर नियन्त्रणमा लिएर दैनिक ५ हजार रूपैयाँ क्षति पुर्‍याइरहेको, हुलाकी सडकमा भएको दुर्घटनाको विरोधमा उत्रिएका ११ जनालाई अभद्र व्यवहारको मुद्दा चलाएको पनि आरोप लगाइएको छ ।

त्यसैगरी अंग्रेजी माध्यमको शिक्षाका लागि नियुक्त शिक्षक हटाएको, प्रमुख प्रशासकीय अधिकृत मनोज साहसँग मिलेर आर्थिक चलखेल गरेको, हुलाकी सडक र रेलवेमा हटिया लगाएर अवैध रकम उठाउने गरेको आरोप लगाइएको छ ।

वार्षिक ४० लाख रूपैयाँमा ठेक्का लाग्ने गरेको हटिया हटाउन चौधरीले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर दमन गराएको आरोप लगाइएको छ । बैठकले अध्यक्ष चौधरीका अनियमित कार्यविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिनेसमेत निर्णय गरेको छ ।

बैठकमा नेपाली कांग्रेस, मोरङका कार्यवाहक सभापति भक्ति माझी, क्षेत्रीय सभापति विनोद बस्नेत, जिल्ला सदस्य गोपाल साहलगायत नेताहरूको उपस्थिति थियो ।

adv-single
सम्बन्धित समाचार

भानु कलेजले गर्‍यो कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगरको मेनरोडस्थित भानु +२ कलेजले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजले बुधबार विराटनगरस्थित महेन्द्र होटल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ को वार्षिक...

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...