प्रेम सम्बन्धमा दरारले निम्त्याएको स्टाफ नर्स हत्या र प्रेमी आत्महत्या

प्रेम सम्बन्धमा दरारले निम्त्याएको स्टाफ नर्स हत्या र प्रेमी आत्महत्या

 राष्ट्रिय डेली

विराटनगर । विराटनगरमा स्टाफ नर्सको हत्या गरेका प्रेमीले आत्महत्या गरेका छन् । नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स २३ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या गरेका उनका प्रेमी २२ वर्षीय शिवशंकर दासले आत्महत्या गरेका हन् ।

नोबेल मेडिकल कलेज अगाडि रहेको होटेल फाइनको कोठा नं. १०२ मा आइतबार राति झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार हत्या गरेर फरार शिवशंकर विराटनगरमै रहेको सूचनापछि उनको खोजीका लागि एकसाथ ४०० प्रहरी परिचालन गरी विराटनगरका होटलहरूमा ‘सर्च अपरेशन’ चलाइएको थियो ।

शवको प्रकृति र स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा शिवशंकरले आत्महत्या नै गरेको पुष्टि भएको र अहिले उनको शव कोशी अस्पतालमा राखिएको डीएसपी दाहालले बताए ।

सिरहाको फुल्काहकट्टी नगरपालिका घर भएकी स्टाफ नर्स चन्द्रिकाको शुक्रबार दिउँसो उनी डेरा बस्ने विरानगरपालिका–४, बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरको कोठाभित्रको शौचालयमा शव भेटिएको थियो ।

धारिलो हतियार प्रहार गरी वीभत्स हत्या गरेको अवस्थामा उनको शव भेटिएको थियो । प्रहरीका अनुसार उनी केही महिनाअघिदेखि त्यहाँ डेरा बस्दै आएकी थिइन् ।

चन्द्रिकाका प्रेमी शिवशंकर वैदेशिक रोजगारीका लागि मलेसियामा थिए । उनी २६ फागुनमा काठमाडौं आएका थिए । काठमाडौंबाट उनी सिरहास्थित आफ्नो घर नगई २९ फागुनमा विराटनगर आए । उनी केही दिन चन्द्रिकाको कोठामा बसे । त्यहाँ चन्द्रिका र शिवशंकरबीच विवाद पनि भएको थियो ।

बिहीबार दिउँसो चन्द्रिकाको हत्या गरेर शिवशंकरले त्यसको फोटो खिचे । त्यसपछि आफ्नो सुटकेश लिएर कोठाबाट निस्किएका शिवशंकर चन्द्रिका भारतको जोगबनी गएको भन्दै कोठाको चाबी छेउको अर्को कोठामा बस्ने चन्द्रिकाकी साथीलाई दिए । उनले चन्द्रिकाकी ती साथीको फोन नम्बर पनि लिए । तर, चन्द्रिका राति अबेरसम्म पनि फर्किइनन् ।

शुक्रबार दिउँसो चन्द्रिकाकी साथीको ह्वाट्सएप नम्बरमा नयाँ नम्बरबाट चन्द्रिकाको हत्या गरिदिएको भन्दै रगतले लतपतिएको शवको फोटो आयो । चन्द्रिकाकी साथीले घरबेटीलाई खबर गरेपछि घरबेटीले प्रहरीलाई खबर गरे ।

प्रहरीका अनुसार हृवाट्सएपमा म्यासेज गर्ने नम्बरमा अमिन धानुक नाम लेखिएको थियो । धानुक पनि चन्द्रिकाका प्रेमी हुन् । उनी चन्द्रिकाका पछिल्लो प्रेमी भएको खुलेको छ ।

नम्बरमा धानुकको नाम देखिएपछि प्रहरी अनुसन्धान उतैतिर मोडिएको थियो । तर, प्रहरीले अनुसन्धान गर्दै जाँदा सो नम्बर रहेको सिम धानुकको नभई शिवशंकरको नाममा दर्ता रहेको खुल्यो । घटनालाई डाइभर्ट गर्न शिवशंकरले योजनाअनुसार नै धानुकलाई मुछ्न खोजेको देखिएको डीएसपी दाहालले बताए ।

शिवशंकर र चन्द्रिकाबीच केही वर्षअघिदेखि प्रेम सम्बन्ध रहेको देखिन्छ । तर, शिवशंकरले चन्द्रिकाले धोका दिएको भन्दै उनको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

‘प्रेम सम्बन्धमा आएको दरारपछि घटना घटेको पाइयो । चन्द्रिकाको दुईतिरको प्रेमले सम्बन्धमा दरार ल्याएको देखिन्छ,’ डीएसपी दाहालले राष्ट्रिय डेलीसँग भने ।

adv-single
सम्बन्धित समाचार

भानु कलेजले गर्‍यो कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगरको मेनरोडस्थित भानु +२ कलेजले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजले बुधबार विराटनगरस्थित महेन्द्र होटल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ को वार्षिक...

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...