काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए ।
स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन् । उनको मंगलबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए ।
उनका ‘वक्ररेखा,’ ‘फेरि आक्रमण’, ‘यौटा अर्को दन्त्यकथा’, ‘असम्बद्ध’, ‘समुद्रमा अस्ताउने सूर्य’, ‘प्रतिनिधि कथाहरू’, ‘यौटा क्रान्तिपुरूषको जन्म’, ‘कथा र रचनागर्भ’, ‘उत्तरार्द्ध’, ‘द लिटिल बुद्ध इन टोकियो’, ‘परशु प्रधानको उत्कृष्ट कथा’, ‘नेपलिज लभ स्टोरी’ र ‘धनिया’ कथा सङ्ग्रह प्रकाशित छन् ।
Post Views: 29