विराटनगर । विराटनगरमा होटेलकाे काेठामा झुन्डिएको अवस्थामा बैंकका कर्मचारी मृत भेटिएका छन् । सिटिजन्स बैंकमा कार्यरत सहायकस्तरका कर्मचारी ३९ वर्षीय क्षितिज घिमिरे विराटनगर महानगरपालिका-९, कलेज रोडस्थित होटेल रोयल किचेनमा मृत भेटिएका हुन् ।
मंगलबार बिहान होटेलको कोठा नं. १०९ मा भित्रबाट ढोका बन्द गरेर झुन्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार मृतक घिमिरे विराटनगरकै स्थानीय रहेको बुझिएको छ ।
‘प्रारम्भिक अनुसन्धानमा उहाँले झुन्डिएर आत्महत्या गरेजस्तो देखिन्छ । हामी थप अनुसन्धान गरिरहेका छौं,’ डीएसपी दाहालले राष्ट्रिय डेलीसँग भने ।
प्रहरीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी मृतक घिमिरेको शव पोष्टमर्टमका लागि कोशी अस्पताल ल्याएको छ ।
Post Views: 2,277