विवादका बीच थारू कल्याणकारी सभा मोरङको निर्वाचन सम्पन्न

विवादका बीच थारू कल्याणकारी सभा मोरङको निर्वाचन सम्पन्न

 राष्ट्रिय डेली

विराटनगर । थारू कल्याणकारी सभा मोरङको १० औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । बुधबार बूढीगंगा–२ स्थित थारू संग्राहलय भवन बौराहामा अधिवेशन सम्पन्न भएको हो ।

निर्वाचनका लागि बारम्बार मिति सारिएको भए पनि ७ चैतमा निर्वाचन गर्न निर्वाचन अधिकृत जयराम पंजियारले सार्वजनिक सूचना प्रकाशित गरेका थिए । तर, सभाको मोरङ अध्यक्ष उम्मेदवार प्रदिपकुमार भगत थारूले एक पक्षीय ढंगबाट अमुक समूहलाई फाइदा पुर्याउने गरी संचालन गरिने निर्वाचन आफूलाई मान्य नहुनेभन्दै बंहिष्कार गरेका थिए ।

थारूले सभाको केन्द्रिय कार्य संचालन समितिको बैठकबाट अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गर्न र आफूलाई कार्यसमिति मोरङको जिल्ला अध्यक्ष तोकिएको अवस्थामा बलजफ्ती निर्वाचन गराउन खोज्नु विधान सम्मत नभएको बताएका थिए । उनले सभाको केन्द्रिय कार्यालयबाट प्राप्त पत्र निर्वाचन स्थलमा पनि टाँस गरिएको दावी गरेका थिए ।

तर, निर्वाचन अधिकृत पंजियारले केन्द्रबाट पत्र आएको भन्ने कुरा हाँस्यास्पद रहेको बताए । उनले भने, ‘त्यस्तो पत्र त आफूले पनि पाउनु पर्ने थियो । तर मैले त प्राप्त गरेको छैन ।’

उनले उच्च र जिल्ला अदालतको आदेश साथै प्रशासनको सहमतिमा निर्वाचन गराएको बताए । उनले आफू कुनै समूहको नभएको र निष्पक्ष निर्वाचन गर्न लागिपरेको बताए ।

उनले निर्वाचन सहज परिस्थितिमा र विवाद रहित वातावरणमा सम्पन्न भएको बताए । उनले कुनै एक व्यक्तिले बहिष्कार गर्दैमा निर्वाचन नविथोलिने र निर्वाचनबाट विजयी उम्मेदवारले नै वैधानिकता पाउने उल्लेख गरे ।

अध्यक्षका अर्का दावेदार प्रदीपकुमार विश्वासले समग्रमा मोरङका थारू मतदाताहरू परिवर्तनको पक्षमा रहेको बताए । उनीहरूको नेतृत्व फेर्नु पर्छ भन्ने चाहना प्रवल भएको हुनाले निर्वाचन संचालन गरिएको स्पष्ट पारे । उनले निर्वाचन बिनाकुनै कारण ६÷६ पटक रोकिएको उल्लेख गर्दै मतदाता पनि आजित भएको र मतदाता कै आग्रह अनुसार निर्वाचन गरिएको बताए ।

लेटाङकी मतदाता मञ्जु चौधरीले आफूलाई विवाद बारे थाह नभएको बताइन् । उनले जसले जिते पनि थारूको हक, हित र कल्याणका लागि इमान्दारितापूर्वक काम गर्नु पर्ने बताइन् । एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सह–सचिव, एक कोषध्यक्ष र १४ सदस्यका लागि निर्वाचन भएको थियो । मतदान सकिएपनि मतगणनाको अन्तिम नतिजा आउन भने बाँकी छ ।

 

 

adv-single
सम्बन्धित समाचार

भानु कलेजले गर्‍यो कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगरको मेनरोडस्थित भानु +२ कलेजले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजले बुधबार विराटनगरस्थित महेन्द्र होटल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ को वार्षिक...

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...