विराटनगर । कोशी प्रदेशका तीन जिल्लाबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । प्रहरीले मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट बिहीबार उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङका विभिन्न स्थानहरूबाट जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको थियो । उनीहरूका साथबाट १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगर, औषधि एभिल, लुपिजेसिक गरी १२ ट्याब्लेट र २४ केजी अवैध गाँजा बरामद भएको छ ।
यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–१, पीपल चोकबाट १ ग्राम २४० मिलिग्राम लागुऔषध र नगद ८ हजार ५ सय रूपैयाँसहित २ जना पक्राउ परेका छन् ।
त्यसैगरी बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय, झापा तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाका स्थानहरूबाट ५ जनालाई पक्राउ गरेको छ । उनीहरूका साथबाट ब्राउन सुगर १६ ग्राम ९५० मिलिग्राम र प्रतिबन्धित औषधि एबोट, डाइजेपाम गरी १४७ एम्पुल र नगद ११ हजार ८ सय रूपैयाँ बरामद भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूले अनुसन्धान गरिरहेका छन् ।
Post Views: 3