प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा राजविराज र विरगञ्ज विजयी

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा राजविराज र विरगञ्ज विजयी

 राष्ट्रिय डेली

विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा भएको प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा राजविराज नगर पालिका र विरगञ्ज महानगरपालिका विजयी भएका छन् ।

विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा बिहिबार सम्पन्न पहिलो खेलमा राजविराजले जनकपुरधाम उपमहानगरपालिका र विरगञ्जले विराटनगर महानगरपालिलाई पराजित गरेको हो । यस अघि आज खेलेका चारै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका थिए ।

पहिलो खेलमा सप्तरीको राजविराजले जनकपुरलाई ६ रनले पराजित गरेको छ । राजविराज समुह ए को विजेता भएको छ ।

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ८१ रनको झिनो स्कोर खडा गरेको थियो । राजविराजकालागि म्यान अफ द म्याच विकाश दासले १४ बलमा २ छक्का र १ चौका प्रहार गरि २३ रनबनाउँदा अमित यादवले १४ रन र अभिशेक कार्कीले १३ रन बनाए । जनकपुरका हरिशंकर साहले ३ विकेट लिँदा साइमन राँयले २ विकेट लिए ।

८२ रनको झिनो रनको लक्ष पाएको जनकपुरले पुरै ओभर खेल्दै ७ विकेट गुमाई ७५ रनमा सिमित भयो । जनकपुरकालागि अकबर अलिले ३९ रन जोड्दा हिमाञ्सु दत्तले १३ रन जोडे । राजविराजका नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले ४ ओभरमा १३ रन दिएर २ विकेट लिँदा विश्वधारी बलर महबुव आलम, अनिल यादव र रोहित सिंहले १–१ विकेट लिए ।

दोस्रो खेलमा विरगञ्जले विराटनगरलाई ५ विकेटले पराजित गरेको छ । जित पछि विरगञ्ज समुह वि को विजेताको रपमा सेमिफानलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको विराटनगरले कप्तान सिद्धान्त लोहनीको आक्रमक ब्याटिङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रनको विशाल स्कोर खडा गरेको थियोे । विराटनगरकालागि लोहनीले २८ बलमा २ छक्का र ४ चौका प्रहार ४५ रन बनाउँदा दिपक पासवानले २८ रन बनाए । विरगञ्जकाकागि इमरान शेखले ३ विकेट लिँदा भुलवान सहनीले २ विकेट लिए ।

१ सय ४५ रनको विशाल लक्ष पाएको विरगञ्जले १७ दशमलव ४ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष भेट्टाएको थियो । विरगञ्जकालागि म्यान अफ म्याच तिर्थराज दासले ४० बलमा २ टक्का र ४ चौका प्रहार गर्दै ५२ रनको ठोस इनिङ खेले । त्यस्तै सोनु अन्सारीले ३६ रनबनाए । विराटनगरमा मुकुन्द यादवले ४ ओभरमा २२ रन दिएर ४ विकेट लिँदा मेहबुबबाबु इराकीले १ विकेट लिए ।

प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागि भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार ट्रफि पाउँने छन् ।

६ टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाईएको छ । समुहको टप दुई टिम सेमिफाइनलमा पुग्ने पुगने छन् । चेत्र २६ गतेसम्म हुने प्रतियोगित सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ ।

शुक्रबारको पहिलो सेमिफाइनल विराटनगर र राजविराज तथा दोस्रो सेमिफाइनल खेल जनकपुर र विरगञ्जविच हुने आजोजकले जनाएको छ ।

adv-single
सम्बन्धित समाचार

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...