विराटनगर । विराटनगरको बरगाछी चोकमा नेपाली काङ्ग्रेसका स्वर्गीय नेता एवम् समाजसेवी कृष्ण प्रसाद कोईरालाको स्मृतिमा स्तम्भ निर्माण भइरहेकोे छ । गुराँस पुस्ताकालयको पहलमा उनको शालिक सहितको स्तम्भ निर्माण भइरहेको हो । करिब ७ लाखको लगानीमा निर्माण हुन लागेको स्तम्भको ७५ प्रतिशत सकिएको छ ।
विराटनगरमा विद्यालय स्थापना गर्ने, महिला समिति मार्फत महिलामा चेतना जगाउने, छोरीलाई शिक्षा दिने लगायतका विभिन्न समाज सुधारका कृयाकलापमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालको शालिक निर्माण गर्न लागिएको नेपाली काङ्ग्रेस महानगरका सभापति दीपक चापागाँईले बताए ।
विराटनगरको विकासमा अतुलनीय योगदान पु¥याउने कोइराला नेपालका समाजसुधारक तथा राजनीतिज्ञ थिए। उनका ३ छोराहरू विभिन्न समयमा नेपालका प्रधानमन्त्री बने। मातृकाप्रसाद कोइराला २००८ साल, विश्वेश्वर प्रसाद कोइराला २०१६ साल र गिरिजाप्रसाद कोइराला २०४८ सालमा नेपालको प्रधानमन्त्री बनेका थिए।
कृष्णप्रसादको जन्म सिन्धुलीको दुम्जा गाउँमा भएको थियो । पछि सिन्धुलीबाट बसाईं सरेर यिनी तराईका विभिन्न ठाउँहरूमा बसोबास गरे। चन्द्रगन्ज बसेका बेला यिनले देशभरका विभिन्न भन्सारको ठेक्का लिए र प्रसस्त सम्पत्ति पनि कमाएका थिए। व्यापारको सिलसिलामा कलकत्ता आवत जावत बढेपछि यिनमा राजनीतिक कृयाकलाप बढेको पाइन्छ।
यसभन्दा अगाडि बरगाछीमा बरको स्तम्भ थियो । केहि समयअघि ट्रकले ठक्कर दिँदा उक्त स्तम्भ भाचिँएको थियो ।
Post Views: 4