विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
रतुवामाई¬–४ आमबारीका ४० बर्षीय भूषण चौधरिको मोति निर्माण कम्पनिको टिपरले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले आफन्त र स्थानियहरुलाई थाहै नदिई लासलाइ पोस्ट मार्टमका लागि मंगलबारे अस्पताल लगेको थियो ।
अहिलेसम्म परिवारले लासलाई भेट्न पाएका छैनन् । अहिले आफन्त र स्थानियले आन्दोलन गरिरहेका छन् ।
इलाका प्रहरी कार्यालय सिजुवाले परिवारलाइ थाहै नदिइ रकम लिएर मुचुल्का समेत तयार नपारी लासलाइ पोस्ट मार्टमका लागि लगेको छ ।
प्रहरीले निर्माण कम्पनिसँग रकम असुलेर परिवारलाई खबर नै नगरी लासलाई पोस्टमार्टम गर्न हस्पिटल पुर्याएको अनिल कुमार मुखियाले बताए ।
गलत गर्ने प्रहरिलाई कारबाही र मृतकले न्याय नपाएसम्म लास नबुझ्ने मृतकका आफन्तले बताएका छ्न । अहिले घटनासथल तनावग्रस्त छ । घटनाको थप विवरण आउन बाँकी छ ।
Post Views: 8