विराटनगर । विराटनगर महानगरपालिका ४ कञ्चनबारीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनील श्रेष्ठका अनुसार बुधबार बिहान दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ४ ख ८६७९ नम्बरको ट्रकले बिहान ७ः१५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।
ट्रकको ठक्करले सडक पार गरेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका अन्दाजी ५५/६० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए । मृतकको पहिचान खुलेको छैन ।
मृतकको पहिचानको प्रयास गर्दै दुर्घटनाका बारेमा अनुसन्धान थालिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।
उनका अनुसार ट्रक र चालक मोरङको रंगेली घर भएका अन्दाजी ३६ वर्षीय सुनील सरदारलाई नियन्त्रणमा लिइएको छ ।
Post Views: 2