विराटनगर । विराटनगर–८ मधुमारामा संचालित बालबाटिका बोर्डिङ स्कुल अब विराटनगर–१० स्थित नेशनल एकेडेमीको नामबाट संचालन हुने भएको छ । सोमबार नेशनल एकेडेमी प्रा.लि.ले पत्रकार सम्मेलन मार्फत बालबाटिका बोर्डिङ स्कुल नेशनल एकेडेमीको नामबाट संचालन हुने जानकारी गराएको हो ।
११ र १२ कक्षासम्म संचालन गर्दै आएको नेशनल एकेडेमीले बालबाटीका बोर्डिङ स्कुल खरिद गरेर आफ्नो नाममा दर्ता गराइसकेको संचालक सकलदेव साहले जानकारी दिए । नयाँ शैक्षिक सत्रबाट नेशनल एकेडेमीमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा साहले बालबाटीका बोर्डिङ स्कुल नेशनल एकेडेमीको नामबाट दर्ता गराइसकेको भएपनि त्यसका संचालक राजन छाराहाङ्गले अहिलेसम्म स्कुल छाड्न नमानेको बताए ।
गत भदौमा बालबाटीका स्कुल नेशनल एकेडेमी सञ्चालक साहले २७ लाख ५० हजारमा खरिद गरेका थिए । सहमति अनुसार अब पाँच लाख बुझाउन बाँकी छ, साहले भने, ‘तर उहाँहरूले त्यो रकम लिन मान्नुभएको छैन । हामीले उहाँहरूले भने बमोजिम नै अरु रकम बुझाएका थियौ ।’
साहले बालबाटिका अब नेशनल एकेडेमीको नाममा आइसकेकाले बालबाटिकामा विद्यार्थी भर्ना नगर्न अभिभावकहरूलाई आग्रह गरेका छन् । यता छराहाङले भने साहले अहिलेसम्म साढे ६ लाख रुपैयाँमा मात्र दिएका कारण आफुले स्कुल नछाडेको बताए ।
Post Views: 3