नेपालमा आज सोमबार २८ औं मदन भण्डारी- जीवराज आश्रित स्मृति दिवस मनाइदैछ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मदन-आश्रित स्मृति दिवसको अवसरमा स्वर्गीीय मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनको नविन विचारक भएको बताउनुभएको छ ।
जननेता भण्डारी र एमालेका कुशल संगठक जीवराज आश्रित जस्ता नेताहरुले प्रतिपादन गर्नुभएको विचार र संगठनको आलोकमा स्थापित नेकपा एमाले पार्टी जनताको सेवामा सम्पूणर्रुपमा समर्पित रहेको मन्त्री गुरुङको भनाई छ ।
स्मृति दिवसमा स्वर्गिय जननेता भण्डारी र आश्रितप्रति श्रद्धासुमन व्यक्त गर्दै आगामी दिनमा जनतालाई खुसी ल्याउने कामलाई पार्टीले थप तीव्रता दिइने उहाँले सामाजिक सञ्जामार्फत व्यक्त गर्नुभएको हो ।
Post Views: 8