च्याम्पियन्स लिगः सेमिफाइनलमा रियल मड्रिडलाइ हराउँदै चेल्सी फाइनल प्रवेश
बिहिबार, २३ बैशाख, २०७८,
राष्ट्रिय डेली
च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २-० (समग्रमा ३-१) ले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ ।
दोस्रो लेगको उक्त खेलमा टिमो वेर्नेर र मासन माउन्टले एक एक गोलगर्दै चेल्सीलाई फाइनलमा पुर्याउन सफल भएका हुन् ।
दक्षिण-पुर्वी लण्डनको फुल्ह्याम सहरमा अवस्थित चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा गए राती १२ः४५बाट सुरु भएको उक्त खेलको २८ औं मिनेटमा चेल्सीका काइ हभार्ट्जले प्रहार गरेको बल पोस्टमा लागेर फर्किदा वार्नरले हेडमार्फत गोल गर्न सफल भएका थिए ।
उक्त गोल पश्चात पहिलो हाफको बाँकी समय तथा दोस्रो हाफको अन्तिम समयसम्म दुवै टोलीले धेरै अवसरहरु प्राप्त गरेतापनि गोल भने हुन सकेन ।
खेल सकिन ५ मिनेट अघि चेल्सीका पुलिसिकले डिबक्स भित्र उपलब्ध गराएको चलाखीपूणर् पासमा माउन्टले क्लबका लागि दोस्रो गोल गरी उक्त समयभरि भएको गोलको खडेरी तोडेका थिए ।
चेल्सीले अब च्याम्पियन्स लिग फुटबलको फाइनल खेल टर्कीको इस्तानबुलमा प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीसंग खेल्नेछ । सिटीले समेत मंगलबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै फाईनल यात्रा तय गरिसकेको छ ।
मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...
भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...
काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...
खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...
विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...
भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...
दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...
विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...
विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...
काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...
भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...
विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...
हाम्रो बारेमा
राष्ट्रियडेली प्रदेश १ का सक्रिय युवाहरूको टिमले सञ्चालन गर्दैआएको अनलाइन पोर्टल हो । समाजका सही घटनाहरूलाई आम-समुदायमाझ पुर्याउनु र राज्यलाई खबरदारी गर्नु हाम्रो उद्देश्य हो । राष्ट्रियडेली अनलाइन आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) को सदस्य संस्था हो ।