काठमाडौ । काठमाडौको शान्तिवाटिकामा ग्रेटर नेपाल महाअभियानले भ्रष्टाचार बिरूद्धको कार्यक्रम आयोजना गरेको छ । आयोजित सभामा सुरेन्द्र ढकाल प्रतिष्ठानले देशभक्त तथा राष्ट्रवादी नायक नवल खड्कालाई १ लाख ५० हजार नगदका साथ प्रोत्साहन सहितको सम्मान समेत गरेको थियो ।
सभामा सुरेन्द्र ढकाल प्रतिष्ठानका संयोजक डा सुरेन्द्र ढकालले भ्रष्टाचारीलाई समाजबाटै नाङ्गेझार पार्नु पर्नै बताउँदै देशनिर्माणमा अहोरात्र कटिबद्ध व्यक्तित्वहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिष्ठानका संयोजक डा .ढकालले भने, यसैकारण हामीले चलचित्र ुदशगजा, आवाज, क्रान्ति, भिमदत्त, काँडेतार जस्ता फिल्मका देशभक्त, निर्माता, निर्देशक तथा देशभक्ति भावना प्रवाह गर्ने राष्ट्रवादी नायक नवल खड्कालाई सम्मान गरेका हौ।
ूआफू सम्मानित हुन पाउँदा खुशी लागेका छ । अझै देशका लागि केही गरेर देखाउने प्रोत्साहन मिलेको छ। सिमानामा काँडेतार बार लगाउनुपर्छ भनेर खुल्ला प्रस्ताव गरेका छौं, संसदमा वहस होस्, हरेक देश बिदेशमा बहस होस् हाम्रो माग अनि चाहना यहि हो, खड्काले भने ।
सिमानामा काँडेतार लगाउन आवश्यक भएको कुरालाई बुझाउन हाल चलिरहेको नक्कली भुटानी शरणार्थीकाण्ड खुला सिमानाका कारण भएको उदाहरण दिँदै जसले आफ्नो देशको नागरिक बेच्छ, त्यसले देश पनि बेच्छन्, त्यसैले देशभक्तहरू एक भएर अघि वढनु पर्ने आजको आवश्यकता रहको नायक खड्काले बताएका छन् ।
कार्यक्रममा सिमाविद् बुद्धिनारायण श्रेष्ठले भने, भ्रष्टाचारले मुलुक बर्वादीतर्फ गइरहेको र राष्ट्रिय मुद्धा र राष्ट्रिय सम्मानमा आँच आइरहेको छ। मुलुक बचाउन सिमानामा काँडेतार नै लगाउनु पर्ने बताएका थिए ।
त्यस्तै सामाजिक अभियन्ता तारा बरालले काँडेतार फिल्म निर्माण हुनु नेपाल र नेपालीको लागि महान गौरवको विषय भएको बताउँदै देश रहेमा मात्र हामी रहन्छौ त्यसकारण देश नै सर्वोपरी होू भन्ने बिचारसहित शुभकामना व्यक्त गरेकी थिइन्।
Post Views: 0