साताको साहित्य : लघुकथा ‘सहिदको प्रश्न’

साताको साहित्य : लघुकथा ‘सहिदको प्रश्न’

 राष्ट्रिय डेली

विराटनगरका हेमन्त निरौला साहित्य क्षेत्रमा उदाउँदो नाम हो । कथा, लघुकथा, गजल तथा गद्य कविता लेखनमा सक्रिय निरौलाका प्रकाशित कृतिहरू भने छैनन् । उनका कृतिहरू प्रकाशनको तयारीमा छन् ।

उनका साहित्यिक रचनाहरू राष्ट्रिय तथा स्थानिय पत्र–पत्रिकामा प्रकाशित भईसकेका छन् । विराट आदर्श साहित्य मञ्चका आजिवन सदस्य रहेका निरौला साहित्य कला संस्कृति प्रतिष्ठान धरानका संस्थापक सदस्य समेत हुन् ।

साथै लघुकथा समाज प्रदेश १ को आयोजनामा भएको स्थलगत लघुकथा प्रतियोगितामा उनि उत्कृष्ट तीन लघुकथामा पुरस्कृत समेत भईसकेका छन् । उनै निरौलाको ‘सहिदको प्रश्न’ लघुकथा साताको साहित्यमा प्रस्तुत गरेका छौँ ।

हेमन्त निरौला



सहिदको प्रश्न

आन्दोलनमा गोली लागेर मरेको कारण उसको नाम सहिदको सुचिमा थपिएको थियो ।

उता यमलोकमा पनि राज्यको निमित्त मरेको मुल्याङ्कन भएर उ स्वर्गमा सयर गर्दैथियो । तर केही समयको अन्तरालमा उ त्यहाँ रम्न छोड्यो । यमराजले उसलाई सोधे ‘के भयो ?’

“प्रभु, मेरो कुरा हजुरलाई बयानमा ब्यक्त गर्न सक्दिन । यदि मैले आफ्ना कुरा राख्नु पर्ने हो भने प्रत्यक्ष्य प्रुारणको शक्ति दिईबक्सियोस् ।”

यमराजले तुरुन्तै ‘तथास्तु’ भने ।

उसले सर्वप्रथम देशको तथ्य देखायो अनि संसद भवनमा प्रबेश गर्यो । संसद अधिवेशन चल्दै थियो । बिपक्षी नेताले अबिश्वासको प्रस्ताबको पक्षमा मत दिन आग्रह गर्दै आफ्नो भनाईको अन्त्यमा भन्दै थिए ‘राजा मर्दैमा गद्दी खाली हुँदैन । जनताले हामीलाई टुलुटुलु मुख हेर्न मात्र यहाँ पठाएका हैनन् । तसर्थ ति तमाम जनताको प्रतिनिधित्व गर्दै निर्धक्कसँग प्रस्तावको पक्षमा मत दिनहुन सम्पूर्ण माननियहरूमा अनुरोध गर्दछु ।’ गडडडड थपडी बज्यो ।

सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्रीले पनि उसै गरी जवाफ दिए ‘हो राजा मरेर जाँदैमा गद्दी त खाली हुँदैन, तर नयाँ राजा किन, के का लागि र कसरी बन्न खोज्दैछन जग–जाहेर छ । पृथ्बी गोलो छ, हाम्ले भुल्न हुँदैन । हामीलाई जनताले किन पठाएका हुन बुझ्ने बेला आएको छ । हैन भने यसको हिसाब जनताले अवस्य गर्ने छ्न ।’ उसैगरी थपडी बज्यो ।

यत्तिकैमा उसले प्रशारण रोक्यो ।

यमराजले सोधे ‘तिमीले बताउन खोजेको कुरो मैले बुझिन, किन प्रशाराण रोक्यौ ?’

उसले भन्यो ‘दिक्क लागेर प्रभु । मैले आफुलाई चिनेकै रहेनछु । त्यही भएर प्रशाराण रोकेर हजुर सँग सोध्न मन लाग्यो । म हो हुँ प्रभु ? म किन यहाँ छु ? ’

यमराजले हाँस्दै भने ‘आफ्नो स्वार्थ बिर्सिएर राज्यको निमित्त रगत दिने तिमी सहिद हौ । त्यही कर्मको कारण तिमी आज स्वर्गमा छौ ।’

उसले फेरी सोध्यो ‘उसो भए म को थिए ? जनता कि कार्यकर्ता ?’

‘किन ? तिमीले आफ्नो बिगत बिर्सियौ र ?’ यमराजले सोधे ।

‘त्यसो होईन प्रभु, यदि म जनता थिँए भने ती नेताले भनेका जनतालाई मैले चिनिन । अहं चिन्दै चिनिन । यदि म कार्यकर्ता थिाए भने मैले पाएको यो मान सम्मान र पगरिमा पुन ः मुल्याङ्कन गरियोस् प्रभु । ’

उसको कुरो बाट यमराज भाव बिह्वल भए, चुपचाप रहे ।

आजसम्म पनि सहिद जवाफ पर्खिरहेछन् ।

adv-single
सम्बन्धित समाचार

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...