१६ औं संस्करणको युरोकप फुटबलमा इटालीले विजयी सुरुवात गरेको छ । शुक्रबार राति रोममा भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
रोमस्थित ओलम्पिक स्टेडियममा भएको उक्त खेलमा इटालीलाई जित दिलाउन सिरो इमोबाइल तथा लोरेन्जो इन्सिन्याले समान एक-एक गोल गरेका थिए । यस्तै इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो ।
उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएता पनि दोस्रो हाफको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले सुरुवाती अग्रता बनाएको थियो ।
डेमिरलले डोमिनिको बेरार्डीको क्रस रोक्ने क्रममा आफ्नै पोस्टमा गोल छिराउन पुगेका थिए । उक्त आल्मघाती गोल पहिलो पटक युरोकपको इतिहासमा पहिलो गोल नै आत्मघाती गोल भएको हो ।
यस्तै खेलको ६६ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २-० गोलको अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३-० गोलको जित दिलाए ।
यस जितसँगै समूह ’ए’ मा रहेको इटालीले पहिलो खेलमा महत्वपूणर् ३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । टर्कीले भने प्रतियोगिताको सुरुवात खेलमै हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ ।
आज युरोकप अन्तर्गत तीन खेलहरु हुनेछन् ।
Post Views: 55