जुगेश दास
भोक्राहा, १२ असार। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका किसानहरूलाई मध्यनजर गर्दै अगामी आर्थिक वर्षको लागि कृषि क्षेत्रमा विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष एंव कृषि सामग्री वितरण कार्यक्रमकी प्रमुख अतिथी पुनम कुमारी मेहताले बोल्दै बाली विकास तथा जैविक बिविधता संरक्षण कार्यक्रम अन्तर्गत मकै खेती प्रर्बद्धन कार्यक्रम कोभिडका कारण समयमा सञ्चालन गर्न नसकेकाले अगामी आर्थिक वर्षमा समयमै सञ्चालन हुने बताइन् ।
उनले कार्यक्रममा बोल्दै किसानहरूको लागि यस वर्ष प्रयाप्त बजेट नभएपनि थोरै बजेटमा बाली विकास तथा जैविक बिविधता संरक्षण कार्यक्रम अन्तर्गत मकै खेती प्रर्बद्धन कार्यक्रम तिन वटा सहकारी मार्फत संचालन गर्न सम्झौता गरिएको बताईन् ।
गाउँपालिका अन्तरगत कृषि शाखाले बाली विकास तथा जैविक बिविधता संरक्षण कार्यक्रम अन्तर्गत मकै खेती प्रर्बद्धन कार्यक्रम गर्नका लागि भोक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेड, श्यामा श्याम कृषि सहकारी संस्था र नरसिंह साना किसान कृषि सहकारी संस्था लिमिटेड सँग सम्झौता गरिएको कृषि शाखा प्रमुख रेनुका चौधरीले ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण कार्यक्रममा जानकारी दिइन् ।
कृषि शाखा प्रमुख चौधरीले भने भोक्राहा साना किसान र श्यामा श्याम कृषि सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई पानी तान्ने मोटर, २ इन वन टु इन वन पावर स्पियर, त्रिपाल र जिंक वितरण गरिएको र नरसिंह साना कृषि सहकारी संस्थाले अब केही दिनमै वितरण गरिने जानकारी दिए ।
शनिबार श्यामा श्याम कृषि सहकारी संस्था भोक्राहा नरसिंह गाउँपालिका १ का अध्यक्ष बद्री नरायण मेहताले किसानहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ ।
अनुदान वितरण गरिएको कृषि सामग्री अन्तर्गत पानी तान्ने २ हर्ष पावरको किल्सकर मोटर १६ थान , १८×२४ (९० जि स एम) त्रिपाल २३६ थान, टु इन वन पावर स्पियर १०६ थान, जिंक १७५ किलो वितरण गरिएको हो ।
Post Views: 83