असारे विकास : बजेट बग्दैछ यही हिलोमा

असारे विकास : बजेट बग्दैछ यही हिलोमा

 राष्ट्रिय डेली

भोजपुर, १४ असार । आर्थिक वर्ष सकिनै लागेको छ । नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ। बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ । बर्खे झरीमा पनि असारे विकास रोकिएको छैन। तर, असारे विकासले दिगो विकासको सट्टा प्राकृतिक विपद् उन्मुख गराएको छ । नागरिकलाई सुविधाको नाममा सास्ती मिलेको छ ।

०७६र७७ को असार मसान्तभित्रै स्तरोन्नति सक्नुपर्ने सतीघाट दिङ्ला सडक खण्डको ठेक्का सम्झौतामा ढिलाइ भएपछि काम अपुरो बन्यो । १ करोड ८ लाख लागतमा काम सक्ने ठेक्का पाएको काश्यप निर्माण सेवा कम्पनीले असार दोस्रो साताबाट मात्र पर्खाल लगाउने काम थाल्दा काम आधाअधुरोमा रोकियो । विगतमा झैं असार लाग्दा भोजपुर सदरमुकाम र दिङ्ला जोड्ने ३८ किलोमिटर सडकखण्ड फेरि बिग्रिएको छ ।

ठेकेदार र ठेकेदार कम्पनीले गुणस्तरीय स्तरोन्नति काम नगर्दा सर्वसाधारण सास्तीमा छन । किमालुङ, बैदारभञ्ज्याङ, धारापानी हुँदै दिङ्ला बजारसम्म जोडिने उक्त सडकखण्ड वर्षात लागेसँगै हिलाम्मे हुनाले सवारीसाधन ठप्प हुन्छ । असारे झरीमा दिङ्ला कुलुङ सडकखण्डमा केही वर्षअघि लगाएको ग्याबिन भत्काएर ठेकेदार कम्पनीले मेसिनरी वाल लगाउने काम अलपत्र पारेपछि पहिरोका कारण अहिले उक्त सडकखण्ड अवरुद्ध छ। ठेकेदारलाई पर्खाल लगाउने काम गर्न पटक–पटक ताकेता गरे पनि अटेर गर्दा पहिरोको जोखिम बढेको वडा नं ६ का वडाध्यक्ष सुजन राईले बताए ।

सडकलाई विकासको प्राथमिकतामा राखेर बर्सेनि सडकमा करोडौं बजेट छुट्टिन्छ। तीनै तहका सरकारको पहिलो पारदर्शी विकास नै सडकलाई लिने प्रवृत्ति छ । बर्सेनि बजेटको आकार बढाइन्छ। स्थानीय वडातहसम्म भौतिक पूर्वाधार निर्माण भन्दै सडक खोल्ने, खन्ने र स्तरोन्नति गर्न लाखौंको बजेट लगाइन्छ । भेलसरी बग्ने बजेटले विकास समेट्नुभन्दा प्राकृतिक संरचना बिगार्ने काम गरिरहेको सरोकारवालाहरू सुनाउँछन्। हिउँदभर काममा ढिलासुस्ती र विभिन्न बाहनाबाजी गर्दै काम नगर्ने प्रवृत्तिले विकृति फैलाएको छ। असार मसान्तको चटारो, भुक्तानी सक्ने हतारो र बजेट फ्रिज हुने डरको विकासले नागरिकलाई सुविधाभन्दा द्विविधा दिएको स्थानीय हर्कराज राई बताउँछन ।

बर्खे झरिमा त्रिपाल ओडेर असारे विकासलाई दिगोपना दिने प्रवृत्तिले जनताले समस्या भोग्नुपरेको छ । नयाँ आर्थिक वर्ष सुरु हुनभन्दा महिना अघिदेखि हतारहतार गरेर कामदार र कमसल सामान ढुवानीको जोहो गरी भुक्तानी निकासा लिने प्रवृत्तिले गुणस्तरहीन र कमसल काम हुन्छ । असार मसान्तको समयावधिमा योजनाको चटारोले स्थानीय तहहरूको पनि अनुगमन फितलो हुने क्रमले बर्सेनि बजेटको दुरुपयोग बढेको स्थानीय शम्भु वालाहाङ राईको बुझाइ छ ।

बजेटको दुरुपयोग बढेको बताउँदै युवा अगुवा संग्राम किराँत भन्छन्, ‘असारे विकास दिगोविकास पनि होइन । सुविधाजनक प्रत्याभूति पनि होइन । यो त ठेकेदार र कमिसनमा लठिभद्र कर्मचारीको गोजी भर्ने विकास मात्र हो ।’

सडकमा बर्सेनि दोहोरो बजेट

सडक स्तरोन्नतिका नाममा बर्सेनि बजेट दोहोरिने क्रम धेरै छ । असंख्य साना कच्चीसडक योजनामा डुप्लिकेसनको पनि कमी छैन । एउटै सडकमा बर्सेनि दोहोरिने बजेटले स्थायित्वको नाममा दुरुपयोग मात्र बढाएको छ । सदरमुकाम जोड्ने मानेभञ्ज्याङ रानीबास सडकका लागि ०७५र७६ मा ७५ लाख बजेट पास भयो। तर, असार मसान्तसम्म कामले गति लिन सकेन । आधाजसो बजेट फ्रिज भयो। ०७६र७७ मा पनि प्रदेश सरकारले स्तरोन्नति गर्न भन्दै सोही सडकलाई ५० लाख छुट्ट्याइयो ।

त्यस्तै ५० लाख लागतको सेतीबगर–रिमचिम हुँदै खोटाङको फेदी जोड्ने सडकखण्डको ७५ प्रतिशत बजेटको मात्रै काम भयो। सोही सडकलाई स्तरोन्नति गर्ने भन्दै ०७७र७८ मा पनि ५० लाख छुट्टियो। तर, चालू आर्थिक वर्षको असार पहिलो सातामात्रै काम सुरु गरिएको उक्त सडकखण्ड हिलाम्मे र अलपत्र बनेको छ।

यस्तै चालू आर्थिक वर्षमा मैनामैनी हसनपुर चुहार घोरेटार भोजपुर दिङ्ला सडकखण्डका लागि प्रदेश सरकारले १९ करोड २३ लाख बजेट छुट्ट्याएको छ । संघीय बजेटको सशर्त अनुदानबाट भोजपुर मानेभञ्ज्याङ रानीबास घोरेटार सडकलाई ४ करोड १ लाख र खैराङ पात्लेपानी हसनपुर सडकमा १ करोड ५९ लाख बजेट परेको छ । प्रदेशले ०७६र७७ मा प्रादेशिक विशेष सडक निर्माणमा २ करोड ८० लाख छुट्ट्याएको छ । जसका लागि प्रदेशले ०७५र७६ मा पनि सोहि सडक निर्माणको डीपीआर तयार गर्ने शीर्षकमा ५० लाख बजेट छुट्ट्याएको थियो ।

असारे विकासको गुणस्तरहीन सडकको कामले सर्वसाधरण बढी मारमा छन्। असार लागेसँगै हतारोमा भुक्तानी र बजेट फ्रिज हुने डरले जथाभावी सडक खोल्ने, एकचोटी खोलेपछि बेवास्ता गर्ने प्रवृत्तिले पनि सडकमा गुणस्तर नभएको स्थानीय समाजसेवी नवीन प्रधानको ठम्याइ छ । उनी भन्छन्, ‘सडकको नाममा बजेट छुट्ट्याइन्छ तर बजेट अनुसारको इस्टिमेट, प्राविधिक चेकजाँच बिनै जथाभावी सडक खोलिनाले पनि सडक राम्रो नभएको हो । पैसा सिध्याउनै मात्र सडक खनिएको छ।’ (यो समाचार अन्नपुर्ण पोष्टमा प्रदीपचन्द्र राईले लेखेका छन् ।)

adv-single
सम्बन्धित समाचार

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...