काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले बेपत्ताहरुको खोजी, उद्धार एवं प्रभावितलाई राहत वितरणको काममा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीलाई निर्देशन दिएका हुन ।
प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख समेत व्यक्त गरेका छन् । बाढी–पहिरोबाट सङ्खुवासभा, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा क्षति पुगेको छ ।
पहिरोमा परेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् । यस्तै, बाढीमा परेर सङ्खुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ जना मजदुर बेपत्ता भएका छन् भने हेवा खोलामा आएको बाढीमा परेर पाँचथरमा ६ जना बेपत्ता भएका छन् ।
Post Views: 2