विराटनगर, २५ असार । मोरङको बेलवारी नगरपालिका १ बाट लागुऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् ।
बिहिबार बेलुका साढे ५ बजे लागुऔषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित तीन जनालाई ब्राउन सुगर सेवन गरिरहेको अबस्थामा पक्राउ गरेको हो ।
प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारी भित्र लुकाई राखेको लागुऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ ।
पक्राउ परेका तीनै जना विरुद्ध ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।
Post Views: 43