कास्की, ८ साउन । गण्डकी प्रदेशमा नवनियुक्त ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
कांग्रेसबाट मणिभद्र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री र विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।
त्यस्तै माओवादी केन्द्रका रामजी बराल अर्थ मन्त्री, चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री र दीपक थापा वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा नियुक्त भएका छन् ।
यसअघि पाँच सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो । आज ६ मन्त्रीले सपथ लिएसँगै गण्डकी प्रदेश सकार ११ सदस्यीय भएको छ ।