विराटनगरको सीमा हुँदै जोगबनी तस्करी गर्न लागिएको एक चेलीलाई आफन्त नेपालले उद्धार गरेको छ । शुक्रबार बिहान करिब १० बजेतिर विराटनगर महानगरपालिका–१६ दरहिया हुँदै बाँके जिल्लाको कोहलपुर पासाङ्लाम्हु रोड घर भएकी २१ वर्षीय कमला सहनी (परिवर्तित नाम) लाई आफन्त नेपालको टिमले उद्धार गरेको हो ।
यस्तै, आफन्त नेपालको टोलीले चेलीलाई भारत लैजाँदै गरेका भारतको कटिहार स्थायी घर भई हालको मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१७ स्थित रघुपती जुटमिल क्षेत्रमा बसोबास गर्दै आएका २२ वर्षीय विशाल पासवान नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको छ ।
पासवानले समाजिक सञ्जालबाट चिनजान गरी चेलीलाई फोर्बिसगन्जमा काम लगाइदिन्छु भनी विराटनगर बोलाएका थिए । त्यसपछि भारततर्फ लैजाँदै गरेको अवस्थामा आफन्त नेपालले चेलीको उद्धार गरी संरक्षणमा राखेको हो ।
यस्तै, पासवानलाई भने थप अनुशन्धानको लागि इलाका प्रहरी कार्यालय, रानीमा बुझाइएको छ ।
Post Views: 23