विराटनगरमा ‘झ्याप्प–झ्याप्प’ बिजुली जाँदा कराडौँको क्षति !

विराटनगरमा ‘झ्याप्प–झ्याप्प’ बिजुली जाँदा कराडौँको क्षति !

 राष्ट्रिय डेली

विराटनगर । ‘अघोषित लोडसेडिङ’का कारण दुग्ध विकास संस्थान (डिडिसी)अन्तर्गतको विराटनगर दुग्ध वितरण आयोजनाले ९० लाखको क्षति ब्यहोर्नुपर्‍यो । विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले प्राविधिक कारण देखाउँदै लगातार दुई दिनसम्म बिजुली नियमित नहुँदा प्राधिकरणले ३० हजार लिटर दूध फाल्नुपर्‍यो । गत साउन ३ गते दूध बिग्रिएर फाल्नुपर्दा ९० लाखको क्षति भएको आयोजनाका प्रमुख गणेश यादव बताउँछन् ।

‘हामीलाई अहिलेसम्मकै सबैभन्दा ठुलो घाटा भयो’, गुनासो पोख्दै उनले भने, ‘त्यति दूधले हामीले थुप्रै दुग्धजन्य सामग्री बनाउन सक्थ्यौँ तर बिजुली अनियमित हुँदा हामीलाई ठुलो नोक्सानी भयो । तारन्तार फोन गर्दा पनि प्राविधिक कारण देखाउँदै बिजुली नदिँदा हामी क्षति भोग्न बाध्य भयौँ ।’

यस्तै गुनासो छ, विराटनगर महानगरपालिका–३ मा किराना पसल सञ्चालन गर्दै आएकी सुनिता कार्कीको । कार्की दूधको बिक्रीसमेत गर्छिन् । बिहान ४ बजेदेखि उनको पसलमा दूध किन–बेच गर्न मानिसहरू आउँछन् । उनका पसलमा दुई वटा फ्रिज छन् । एउटामा दूध र दुग्धजन्य सामग्री रहन्छन् । अर्को फ्रिज गर्मी याममा पेयपर्दाथ चिसो बनाउन प्रयोगमा आउँछ ।

तर झ्याप्प–झ्याप्प बिजुली जाँदा दुवै फ्रिजले राम्ररी काम गर्न पाउँदैनन् । फलस्वरूप कहिलेकाहीँ दूध बिग्रन्छ त कहिले पर्याप्त चिसो नभएका कारण पेय पदार्थ बिक्री हुँदैनन् । ‘बेलाबेलामा गइरहने बिजुलीका कारण नोक्सानी ब्यहोरिरहेकी छु’, उनी भन्छिन्, ‘फोन गरेर कारण जान्न खोज्दा कहिले रिसिभ हुँदैन, कहिले प्राविधिक कारण भनेर फोन राखिदिन्छन् ।’ त्यसबाहेक गर्मीयाम भएका कारण पढ्न बसेका छोरी र बहिनीले सास्ती भोग्नु परिरहेको उनको गुनासो छ ।

विराटनगर महानगरपालिकामा मात्र होइन, नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले विद्युत् आपूर्ति गर्दै मोरङको बूढीगङ्गा गाउँपालिकामा पनि अघोषित लोडसेडिङको समस्याले आक्रान्त बनाएको छ । बूढीगङ्गा गाउँपालिकाको विराट मेडिकल शिक्षण अस्पतालका सूचना अधिकारी सुनिल देव अनियमित बिजुलीका कारण अस्पतालमा समस्या भएको बताउँछन् ।

पूर्ण रूपमा बिजुली बत्तीमा आश्रित नभए पनि बेलुकी समयमा जाने बत्तीका कारण समस्या बढेको उनको भनाइ छ । ‘बिजुली झ्याप्प–झ्याप्प जाने भएकाले नै हामीले जेनेरेटर राखेका छौँ’, उनले भने, ‘निरन्तर जेनेरेटर चलाउँदा तात्ने समस्या हुन्छ, धेरै खर्चिलो पनि हुन्छ । अस्पतालका उपकरणहरू जेनेरेटरबाट चले पनि बत्तीका लागि बिजुली नै चाहिन्छ । तर झ्याप्प–झ्याप्प गइदिँदा अस्पतालमा ठुलो प्रभाव परेको छ ।’

सोही किसिमको गुनासो बूढीगङ्गास्थित हुलास वायर प्रालिका अध्यक्ष पारस एम गोल्छाको पनि छ । उनी पनि अघोषित लोडसेडिङका कारण आजित छन् । केही प्लान्ट विद्युतमा आश्रित रहेको र केही प्लान्टचाहिँ खर्चिलो भए पनि जेनेरेटरबाट चलाउनुपरेको जनाउँदै उनी भन्छन्, ‘बिजुलीबाट चल्ने प्लान्टमा काम गर्ने मजदुरहरू बत्ती जाँदा कामविहीन भएर बस्नुपर्ने बाध्यता छ । उनीहरू खाली बस्दा हामीलाई दोहोरो घाटा हुन्छ, एकतर्फ आउटपुट राम्रो दिन पाइँदैन । अर्कोतर्फ हामीले मजदुरमाथि त्यतिकै ज्याला खर्च गर्नुपर्छ ।’

यी त प्रतिनिधि पात्र मात्र हुन् । नियमित रूपमा बत्ती नहुँदा सबै वर्गलाई उत्तिकै समस्या परेको छ । विद्युत् प्राधिकरणले मुलुक लोडसेडिङमुक्त रहेको दाबी गरिरहँदा दैनिक ७–८ पटक झ्याप्प–झ्याप्प गइरहने बिजुलीका कारण प्राधिकरणको नारालाई गिज्याइरहेको अनुभव गर्न सकिन्छ । प्राविधिक गडबडी र मर्मत सम्भारको नाम दिएर गरिने अघोषित लोडसेडिङका कार प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मारमा परेका स्थानीयले प्राधिकरणकै कर्मचारीहरूलाई लिएर विभिन्न शङ्का–आशङ्का गर्न थालेका छन् ।

गर्मी यामको सुरुआतसँगै वैकल्पिक ऊर्जाको स्रोतका रूपमा रहेका जेनेरेटर, ब्याट्री, इन्भर्टर तथा सोलरलगायतका उपकरणको बिक्री बढाउन विद्युत् प्राधिकरणसँगकै मिलेमतोमा नियमित विद्युत् कटौती हुने गरेको बत्तीको मारमा परेकाहरू आशङ्का गर्छन् । विद्युत् कटौती हुँदा निजी क्षेत्रले ठुलो नोक्सानी भोग्नु परेको मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले बताउँछन् ।

प्राधिकरण वितरण केन्द्रले जानकारी नदिई विद्युत् कटौती गर्दा उद्योगमा भएका कच्चा पदार्थ नष्ट हुने गरेको बताउँदै मुन्दडाको भनाइ छ । औद्योगिक क्षेत्रमा मात्र नभएर, प्रदेश भरिनै कटौतीको समस्या रहेको उल्लेख गर्दै उनले भने, ‘बिना कुनै पूर्व जानकारी घण्टौँसम्म विद्युत् अवरुद्ध हुँदा मिलेमतो छ कि जस्तो लाग्छ ।’

यता, नेपाल प्राधिकरणको विराटनगर वितरण केन्द्रले भने अघोषित लोडसेडिङको गुनासो आइरहँदा विद्युत् आपूर्ति सहज ढङ्गले भइरहेको दाबी गरेको छ । दैनिक विद्युत् कटौती हुने कुरामा सत्यता नरहेको विद्युत् प्राधिकरण वितरण केन्द्र विराटनगरका प्रमुख मिथिलेशकुमार गोहिवारले बुधवार वाट भने समस्या समाधान भएको दाबी गर्छन् ।

गत, असार २१ गतेदेखि ३० गतेसम्म स्तरोन्नति गर्नेक्रममा दैनिक रूपमा बत्ती गए पनि ६ गतेदेखि पूर्ण रूपमा समस्या समाधान भएको गोहिवरको भनाइ छ । ‘१० दिन जति मर्मत–सम्भारका कारण बत्ती गइरहँदा मानिसहरूले लोडसेडिङ नै भयो कि भन्ने आशङ्का गरे’, उनले स्पष्टोक्ति दिँदै भने, ‘अब समस्याको समाधान भइसकेको छ । कहिलेकाहीँ एक–दुई घण्टा जान सक्छ । यो सामान्य कुरा हो ।’ ३३/११ केभी टङ्की सब–स्टेसनमा नयाँ ब्रेकर जडान कार्य सम्पन्न भइसकेका कारण अब ग्राहक वर्गले समस्या झेल्नु नपर्ने उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले विराटनगरका साथै जहदा, कटहरी, ग्रामथान र बूढीगङ्गा गाउँपालिकामा समेत ९५ मेगावाट विद्युत् आपूर्ति गर्दै आएको छ । केन्द्रले रानी, टङ्कीसिनवारी, बाँसबारी तथा कटहरी सब–स्टेसनमार्फत मोरङका ५ स्थानीय तहहरूलाई विद्युत् आपूर्ति गर्दै आएको छ ।

adv-single
सम्बन्धित समाचार

विराटनगरमा दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी बालिकाको उद्धार

विराटनगर । विराटनगरमा विगत दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी एक बालिकाको उद्धार गरिएको छ । विराटनगर–५, जामुनगाछीमा खेतमा बनाइएको छोडाइएका मकैका घोगा थुपारिएको छाप्रोमा बसिरहेकी सुनसरीको दुहवी नगरपालिकामा पर्ने भुटानीचोक घर बताउने १५ वर्षीया बालिका...

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...

मिल्स क्रिकेटको सेमिफाइनलमा विराटनगरको एनबीएससी

विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...

करिब आठ लाख मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...

ग्रेडेड स्कुलमा चुनावबाट चुनियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-८ मा आवस्थित ग्रेडेड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...

मानवसेवा आश्रम र मायाघरलाई लायन्स क्लबको सवा दुई लाख डलरको सहयोग

विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...