विराटनगर । हाटखोलामा रहेको आरोहण गुरुकुलमा आज ५ बजे बाट नयाँ नाटक प्रलय प्रतिक्षा मञ्चन हुदै छ ।
देवकुमारी थापाको कथामा आधारीत प्रलय प्रतिक्षा नाटक रुपान्तरण याक्दुहाङ धिरजले गरेका हुन्भने निर्देशन निर्मल शर्माले गरेका छन ।
प्रलय प्रतिक्षा सोमबार बाहेक हरेक दिन असार २५ गते सम्म साँझ ५ बजे मञ्चन हुने आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । नाटकमा प्रदिप दाहाल, भरत कार्की, अजय सुवेदि, विकास पराजुली, अनुसा कटुवाल, सदिक्षा चौधरी, सुगल किङ् अधिकारी, अतित निरौलाको अभिनय रहने छ । टिकट दर रु.२०० र ५०० कायम गरिएको छ भने विद्यार्थीका लागि ५० प्रतिशत छुट दिइएको बताइएको छ ।
Post Views: 0