कांग्रेसको महाधिवेशन र अबको बाटो

कांग्रेसको महाधिवेशन र अबको बाटो

 नागेश कोइराला

नेपाली कांग्रेसको र प्रजातन्त्र एक–अर्काका पर्याय हुन् । नेपाली कांग्रेसकै कारण २००७ सालमा जहानियाँ राणा शासनको अन्त्य भयो । २०४६ मा कांग्रेसले आन्दोलन नगरेको भए पञ्चायती व्यवस्था त्यति छिट्टै ढल्ने थिएन । हरेक आन्दोलनमा नेपाली कांग्रेसको अग्रणी भूमिका रहँदै आएको छ । जंगलमा रहेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम पनि कांग्रेसले नै गरेको थियो । २०६२÷६३ को दोस्रो जनआन्दोलन कांग्रेसकै नेतृत्वमा सफल भयो । त्यही आन्दोलनको जगमा टेकेर २४० वर्ष लामो राजतन्त्रको अन्त्य भएर मुलुकमा गणतन्त्र स्थापना भयो । त्यतिमात्रै होइन स्थानीय, प्रदेश र संघीय निर्वाचन गरेर मुलुकलाई संघीयताको बाटोमा अगाडि बढायो । यो त भयो राजनैतिक नेतृत्वमा कांग्रेसको योगदान । मुलुकको आर्थिक विकासमा पनि कांग्रेसको अग्रणी योगदान रहेको कसैले पनि नकार्न सक्दैन ।

२०४८ सालपछि मुलुकमा आर्थिक उदारीकरणको नीति अवलम्बन गरेकै कारण मुलुक साँघुरो घेरालाई तोडेर अगाडि बढ्न सफल भयो । सञ्चारमाध्यमकै कुरा गर्ने हो भने २०४८ सम्म सरकार नियन्त्रित रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्र थिए । अहिले सञ्चारजगत्ले जुन फड्को मारेको छ त्यो कांग्रेसले अघि सारेकै नीतिका कारणले हो । उदाहरीकरणको नीति लिएको थिएन भने अहिले पनि त्यही गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमै सीमित हुन्थ्यो नेपाली सञ्चार क्षेत्र । अहिले सञ्चार क्षेत्रको विकास यति धेरै फड्को मारेको छ कि त्यो घाम जतिकै छर्लङ्ग छ । स्वास्थ्य, शिक्षा, बैंक तथा वित्तीय क्षेत्रको विकासले पनि फड्को मारेको छ । भौतिक पूर्वाधारको विकास पनि निकै भएको छ । यदि २०५२ सालदेखि १० वर्षसम्म माओवादीको सशस्त्र द्वन्द्व नभइदिएको भए मुलुकको आर्थिक र भौतिक विकासले निकै उचाइ पाइसकेको हुन्थ्यो आज । माओवादी आन्दोलन नसकिँदै मधेस आन्दोलन, भूकम्प, भारतको नाकाबन्दी अहिले आएर कोभिड–१९ ले मुलुकको विकासमा अवरोध सिर्जना गरेको छ । यस्तो विसम परिस्थितिबाट मुलुक अगाडि बढिरहेको छ ।

यतिबेला नेपाली कांग्रेस सरकारको नेतृत्वमा छ । यही अवस्थामा कांग्रेसको महाधिवेशन हुँदैछ । पटक–पटक मिति घोषणा हुँदै स्थगित भएको महाधिवेशन यसपटक भने हुने पक्का भएको छ । सम्पूर्ण मुलुकको ध्यान अहिले कांग्रेसको महाधिवेशनतर्फ केन्द्रित भएको छ । स्थानीयदेखि केन्द्रसम्मको नेतृत्व कस्तो आउँछ भनेर कांग्रेसका कार्यकर्ता र शुभेच्छुक मात्रै होइन देश–विदेशमा रहेका सम्पूर्ण नेपालीले प्रतीक्षा गरिरहेका छन् । अबको कांग्रेस कस्तो हुनुपर्छ र नेतृत्व कस्तो आउनुपर्छ भन्ने विषयमा बेला–बेला बौद्धिकजगत्मा बहस र अन्तरक्रिया हुने गरेको छ । महाधिवेशन आउनु र नेतृत्वमा पुग्नु ठूलो कुरा होइन । नेतृत्वमा पुगिसकेपछि पार्टी र देशलाई कसरी अगाडि बढाउने भन्ने विषयचाहिं निकै महत्वपूर्ण जस्तो लाग्छ मलाई । अब राजनैतिकसँगै आर्थिक एजेण्डालाई प्राथमिकताका साथ कांग्रेसले बोकेर हिंड्नुपर्छ । आज ४० लाखभन्दा बढी युवा विदेशमा छन् । उनीहरूलाई कसरी नेपालमा फर्काउने र उनीहरू फर्किसकेपछि कसरी रोजगारी उपलब्ध गराउने भन्ने विषय कांग्रेसले उठाउनुपर्छ । युवाशक्तिलाई विदेश पठाएर मुलुक समृद्धि हुन सक्दैन । युवाको ऊर्जालाई देश निर्माणमै लगाउनुपर्छ ।

कम्युनिष्ट नेतृत्व सरकारका कारण चारैतिर व्यथिति बढेको छ । भ्रष्टाचार मौलाएको छ । आममानिसमा राजनैतिकप्रति वितृष्णा जागेको छ । यो सबै विगतको कम्युनिष्ट नेतृत्वको सरकारका कारण भएको हो । कांग्रेसको काँधमा ट्रयाक छाड्न लागेको अर्थतन्त्रलाई ट्रयाकमा लाउने जिम्मेवारी आएको छ । मुलुकमा सुशासन कायम गरेर जनतामा आशा जागृत गराउनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । महाधिवेशनमार्फत आउने नेतृत्वले सरकारलाई सही बाटोमा अगाडि बढाउने क्षमता राख्नुपर्दछ । कांग्रेसले इतिहासमा गरेका योगदानलाई मात्रै भजाएर हुँदैन अब । कांग्रेसले ५, १० र १५ वर्षमा मुलुकलाई यो अवस्थामा पुर्याउनेछ भनेर स्पष्ट खाका प्रस्तुत गर्नुपर्छ । कम्युनिष्टप्रति जनताको भरोसा टुटेकाले ती जनतालाई कांग्रेसले बलियो भरोसा दिनुपर्छ । सरकारले पार्टी चलाउने होइन पार्टीले सरकार चलाउनुपर्छ । विगतको इतिहासलाई हेर्ने हो भने सरकारले पार्टी चलाएको अवस्था छ । पार्टीले अघि सारेका नीति, योजना र घोषणापत्रअनुसार सरकारले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ । महाधिवेशनबाट आउने नेतृत्वले त्यसका लागि अग्रसरता लिनुपर्छ ।

कांग्रेसको महाधिवेशन जति–जति नजिक आउँदैछ त्यति–त्यति गुट र उपगुटका चर्चा हुन थालेको छ । जीवन्त पार्टीभित्र गुटहरू हुन्छन् । तर ती गुटहरू महाधिवेशन सकिएसँगै अन्त्य हुनुपर्छ । सिंगो पार्टी हुनुपर्छ । सबैको ध्यान कांग्रेसलाई बलियो बनाउनेतर्फ हुनुपर्छ । पार्टी र सरकार सञ्चालनमा गुट देखिनु हुँदैन भन्ने मेरो धारणा छ । महाधिवेशनमा अस्वस्त होइन स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । अनि मात्रै कांग्रेस र लोकतन्त्र बयिो हुन्छ । जय नेपाल ।
(लेखक– नेपाली कांग्रेस मोरङका सचिव हुनुहुन्छ ।)

adv-single
सम्बन्धित समाचार

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...