भ्रष्टाचार हाम्रो आदर्श हो !

भ्रष्टाचार हाम्रो आदर्श हो !

 राष्ट्रिय डेली

भेषराज पोखरेल
नेपाली राजनीतिको विडम्बना नै हो केवल राज्यकोषको ब्रह्मलुटका लागि पार्टीहरूमा गुट र फुटको अवस्था देखिनु। सिद्धान्त र कार्ययोजनालाई रद्दीको टोकरीमा हालेर आफ्नो वर्चस्वका खातिर जुनसुकै हतकण्डा अपाउन पछि नपर्ने बाहरू र त्यसैको सिको गरेर आफू स्थापित हुन खोज्ने युवाहरूको नग्न नृत्य मात्रै हो हाम्रो लोकतान्त्रिक अभ्यास। न कार्ययोजना, न दूरदर्शिता, न त कुनै रोडम्याप भएका अवसरवादी झुन्डहरूको अखडा जस्तै देखिने राजनीतिक पार्टीहरूले जनतामा थप नैराश्य सिवाय केही देलान् भन्ने सोच्नु गोरु ब्याएपछि बिगौती खान्छु भन्ने ख्वाब मात्रै हो।
के बुढा के युवा सबैलाई करोडौं कमाए मात्रै राजनीतिमा स्थायित्व प्राप्त गर्न सकिन्छ भन्ने कुसंस्कारले ग्रस्त बनाएको आजको अवस्थामा युवाहरूको हातमा नेतृत्व आइ हाले पनि हात्ती आयो हात्ती आयो फुस्सा सिवाय केही हुने देखिन्न। देश अहिले भ्रष्टाचारको चरमोत्कर्षमा पुगेको छ। नूनदेखि सुनसम्म, मलदेखि ढलसम्म अनि रासनदेखि आसनसम्म कमिसनको मात्रै कुरा हुनु सबैका लागि स्वाभाविक बन्न थालेको छ। मन्त्री भएर पनि काठमाडौमा घरघडेरी जोड्न र करोड बढीको गाडी चढ्न नसक्नेलाई हाम्रो समाजले नालायक, कायर अनि नामर्द नै बनाइदिँने गर्छ। सरकारी जागिर खाएर पनि घुस खान नसक्नेले समाजमा अपमान सिवाय केही पाउँदैन। न्यायलयको उच्च ओहदामा पुगेका अधिकांश व्यक्तिको सम्पत्ति खोज्ने हो भने सत्तरी पुस्तासम्मलाई सुतिसुती खान पुग्ने कुरा सबैको जानकारीमा नभएको पक्कै होइन।
अस्वाभाविक जीवनशैलीलाई भ्रष्टाचार नमान्ने, अदालतले डामेपछि मात्रै भ्रष्टाचारी ठान्ने प्रवृत्ति हाम्रो सामाजिक यथार्थ हो। पाँच हजार घुस लिने निम्न वैतनिक कर्मचारीलाई जेल पठाएर पचास करोड लिनेलाई सफाइ दिने न्यायलय रहुन्जेल देश कदापि भ्रष्टाचार मुक्त हुन सक्दैन। भ्रष्टाचार हाम्रो दैनिकी हो, भ्रष्टाचार हाम्रो आदर्श हो, भ्रष्टाचार हाम्रो उद्देश्य हो अनि सामाजिक प्रतिष्ठा आर्जनको बलियो आधार हो। लाग्छ मुस्किलले पाँच प्रतिशत व्यक्तिहरू मात्रै कालो धनको विकारबाट मुक्त छन्। बहुसंख्यक मानिसहरू भ्रष्ट भएको मुलुकमा एकाध इमानदारले कि त ज्यान गुमाउनु पर्छ कि त आफूलाई पनि भ्रष्ट नै बनाउनुपर्छ।
यसर्थ जुनसुकै तन्त्र ल्याएपनि, नेतृत्वमा जोसुकै आएपनि भ्रष्टाचार व्याप्त रहुन्जेल लुट्ने मात्रै काम हुने छ। फरक यत्ति हो कि कसैले जनतालाई प्रत्यक्ष लुटेर देशलाई कंगाल बनाउँछन् भने कसैले नीतिगत तहबाटै देश लुटेर जनतालाई कंगाल बनाउँछन्।

adv-single
सम्बन्धित समाचार

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...

मिल्स क्रिकेटको सेमिफाइनलमा विराटनगरको एनबीएससी

विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...

करिब आठ लाख मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...

ग्रेडेड स्कुलमा चुनावबाट चुनियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-८ मा आवस्थित ग्रेडेड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...

मानवसेवा आश्रम र मायाघरलाई लायन्स क्लबको सवा दुई लाख डलरको सहयोग

विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...

दस महिनामा एक लाख ७७ हजार पर्यटक पुगे अन्नपूर्ण क्षेत्र

पदयात्राका लागि प्रशिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन्। गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण...

१ करोडको अक्षयकोष स्थापना गर्ने प्रेस युनियन कोशी प्रदेशको निर्णय

  विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरूको हितका...

सफाइसँगै सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका...