विराटनगर / मंगलबार ६९ अंकले घटेको शेयर बजार बुधबार भने सामान्य बढेको छ ।
नेप्से बुधबार एक दशमलव १४ अंकले बढेर दुई हजार नौ सय ७६ दशमलव ९८ विन्दुमा पुगेको छ । बुधबार बैंकिङ समूहको शेयर आठ अंकले बढेको छ । यस्तै होटलको एक सय ३० र जीवन बीमा समूहको शेयर ७४ अंकले बढेको छ । फाइनान्स समूहको शेयर ९० अंकले घटेको छ । यस्तै विकास बैंकको ४०, जलविद्युतको २०, माइक्रोफाइनान्सको ६, उत्पादनको साढे दुई र अन्य समूहको शेयर साढे एक अंकले घटेको छ ।
सबैभन्दा धेरै रुरु जलविद्युत् कम्पनीको शेयर साढे ७ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोको शेयर झन्डै आठ प्रतिशतले घटेको छ । दुई सय २६ कम्पनीका एक करोड ७१ लाख कित्ता शेयर नौ अर्ब ३५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ६० करोड रुपैयाँको शेयर किनबेच भएको छ
Post Views: 39