विराटनगर । संखुवासभाको मादीमा हत्या गरिएका ६ जनाको सामुहिक अन्त्यष्टि गरिएको छ । उनिहरूको बुधबार इटहरी स्थित बूढीगंगा मुक्तिघाटमा अन्त्यष्टि गरिएको हो ।
मादी–१ का बौदमान कार्कीकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५३ वर्षीय तेजबहादुर, बुहारी (तेजबहादुरकी पत्नी) ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको अवस्थामा सोमबार बिहान शव भेटिएको थियो ।
तेजबहादुरका दुई छोराहरू बैदेशिक रोजगारीका लागि मलेसियामा थिए । कान्छो छोरा नरेश आएसँगै उनीहरूको अन्त्येष्टि गरिएको हो ।
उनिहरूको बुधबार धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्मार्टम गरिएसँगै इटहरी स्थित मुक्तिघाटमा अन्त्यष्टि गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुणकुमार बिसीले जानकारी दिए ।
Post Views: 44