विराटनगर । विराटनगर महानगरपालिका अतिथि सदन छेउमामा रहेको जानकी फर्निचर एण्ड फर्निसिङ्ग हाउस भिवोन चियरको आधिकारीक विक्रेता बनेको छ । मंगलबार महानगरपालिकाका प्रमुख भिम पराजुलीले उद्घाटन गरेसँगै जानकी फर्निचर हाउसमा भिवोन चियरको बिक्रि सुरु भएको छ ।
भिवोन चियर ढाड दुख्ने समस्या भएका व्यक्तिका लागि उपयुक्त हुने भिवोनका कन्ट्रि म्यानेजर प्रविन श्रीवास्तवले बताए । प्रदेश १ का तीन स्थानमा यसको विक्रिवितरण हुने उनले बताए । अब इटहरी र गाइघाटमा पनि शाखा विस्तार हुने उनले बताए । उक्त ब्राण्डका कुर्सी भारतमा बन्ने गरेको उनले बताए ।
यो कम्पनीका कुर्सी मंहगो भएपनि आरामदायी र गुणस्तरीय रहेको जानकी फर्निचर एण्ड फर्निसिङ्ग हाउसका संचालक पुनित पौडेलले बताए । दशैँतिहारको अवसरमा कम्पनीको तर्फबाट केही छुटको व्यवस्था गरिएको उनले बताए । कुर्सीको मुल्य ११ हजार ५ सयदेखि १ लाख २९ हजारसम्म पर्ने बताइएको छ ।
Post Views: 49