स्वास्थ मासु उत्पादनका लागि खसीबाख्रा पालन

स्वास्थ मासु उत्पादनका लागि खसीबाख्रा पालन

 राष्ट्रिय डेली

 

विराटनगर ÷ सत्यम कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वस्थ मासु उत्पादन गर्ने उद्देश्यसहित उन्नत जातको खसीबाख्रा पालन सुरु गर्ने भएको छ ।
सहकारीले नेपाल सरकार र विश्व बैंकको सहयोगमा बाख्रा पालन सुरु गर्न लागेको हो । बाख्रा पालनस्थल मोरङको ग्रामथान गाउँपालिका–१ लखन्तरीमा बिहीबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । सम्पूर्ण सेयर सदस्यलाई बाख्रापालनका विषयमा जानकारी दिन र जिज्ञासा समाधान गर्न सार्वजनिक सुनवाई गरिएको सहकारीका अध्यक्ष गंगाप्रसाद यादवले जानकारी दिए ।

उन्नत जातको खसीबोका र बाख्रा पालन गर्न सहकारीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय र विश्व बैंकको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाले लगानीको ५० प्रतिशत अनुदान दिने भएको छ । आयोजनाका लागि सहकारीले आफ्नो २० प्रतिशत लगानी गरेको छ । यस्तै ३० प्रतिशत राष्ट्रिय सहकारी बैंकबाट कर्जा लिएको छ भने लगानीको ५० प्रतिशत विश्वबैंकले बेहोर्ने सहकारीकी प्रबन्धक उषा कार्कीले बताइन् । सम्बन्धित निकायहरुसँग सम्झौता भइसकेर यतिखेर कार्यान्वयनको चरणमा रहेको कार्कीको भनाइ छ । बाख्रा पालनका निम्ति सहकारीले लखन्तरीमा १० कठ्ठा जग्गा खरिद गरेको छ भने बाख्राको आहाराका निम्ति डालेघाँस उत्पादन गर्न २ बिघा जग्गा भाडामा लिएको छ । १ सय ५० वटा बाख्रा र ४ वटा बोका पालन गरिने जनाइएको छ ।

स्वस्थ मासु उत्पादनका लागि बाख्रा पालन व्यवसाय तथा बजारीकरण कार्यक्रमबाट स्वस्थ मासु उत्पादन हुने मात्र नभई सेयर सदस्यका साथै स्थानीय किसानसमेत लाभान्वित हुने नेपाल सरकार तथा विश्व बैंकबाट सञ्चालित आयोजनाका समन्वय प्रमुख डा. सुधीरकुमार सिंहले बताए । आयोजनाले प्रदेश–१ का ७ जिल्लामा ५० वटा सहकारीसँग अनुदान सम्झौता गरेको सिंहले जानकारी गराए ।

adv-single
सम्बन्धित समाचार

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...