आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत

आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत

 राष्ट्रिय डेली

सिन्धुपाल्चोक । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए ।

नाका खुलाउन नेतृत्वदायी भूमिका खेलेका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुगेका थिए । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुगेका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए ।

विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्पबाट सृजित कठिनाइ पन्छाएर सीमितरुपमा मात्रै सञ्चालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पुनःबन्द भएको थियो ।

चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ ९१ मे० बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुले लगत्तै मानिस आवतजावतका लागि संसद्मा सापकोटाले आवाज उठाएका थिए । साथै कूटनीतिक भेटघाट तथा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।

केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

adv-single
सम्बन्धित समाचार

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

विराटनगर । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।

सन्तानलाई दुर्व्यसनबाट जोगाउन आमालाई सचेतना दिँदै रामपुर प्रहरी

विराटनगर । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरले युवायुवतीहरूलाई दुर्व्यसनबाट जोगाउन 'दुर्व्यसनविरूद्ध आमाहरू' नामक जनचेतनामूलक कार्यक्रम गरेको छ । आफ्ना सन्तानलाई दुर्व्यसनबाट जोगाउन प्रहरीले समुदायस्तरमा कार्यक्रम गरेर आमाहरूलाई सचेतना दिएको हो । सामुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत...

बूढीगंगामा मूर्ति चोर्दाचोर्दै पक्राउ परे युवक

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-३, गोकुवा चोकस्थित दुर्गा मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मन्दिरमा राखिएको मार्बलले बनेको भगवान गणेश र हनुमानको मूर्ति चोरी गरेको आरोपमा स्थानीय २२ वर्षीय आशिष...

झापामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । झापाको दमक नगरपालिका-३ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार अपराह्न ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १-०१-०१५ प ८७३६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित...

गिरी फाउण्डेशनद्वारा शैक्षिक र खेलकुद सामग्री वितरण

विराटनगर । विराटनगरस्थित गिरी फाउण्डेशनले कटहरी गाउँपालिका ४ खयरवनस्थित श्री आधारभूत विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ । फाउण्डेशनले श्री आधारभूत विद्यालयलाई ६० हजार रकम बराबरको शैक्षिक र खेलकुद सामग्री वितरण गरेको हो...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

काठमाडौँ । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक...

यस्ताे छ सरकारको आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान,...

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

  विराटनगर । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स...

कान्तिपुर इन्स्टिच्युटले दियो विद्यार्थीहरूलाई एकदिने अभिमुखीकरण

विराटनगर । विराटनगर-२ स्थित कान्तिपुर इन्स्टिच्युटले एकदिने अभिमुखीकरण सम्पन्न गरेको छ । विगत आठ वर्षदेखि शैक्षिक क्षेत्रमा योगदान दिइरहेको कान्तिपुर इन्स्टिच्युटले विराटनगर एवं रंगेलीका विद्यार्थीहरूलाई सहभागी गराई अभिमुखीकरण सम्पन्न गरेको हो । मेडिकल एवं इन्जिनियरिङ...

राप्रपा कोशी प्रदेश प्रमुख सचेतकमा सविना बजगाई चयन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको प्रमुख सचेतकमा सविना बजगाई चयन भएकी छन् । सोमबार बसेको राप्रपा संसदीय दलको बैठकले बजगाईलाई प्रमुख सचेतकमा चयन गरेको हो । यसअघि राप्रपा कोशी प्रदेशको प्रमुख सचेतकमा...

यसकारण छ खास बेलका-४ को विकास [अन्तर्वार्ता]

नेपाल संघीयता अभ्यासको दोस्रो चरणमा छ । विगतमा सामान्य प्रशासनिक कामकाजका लागि पनि जिल्ला सदरमुकाम वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यात्मक कठिनाइ झेलेका नागरिकले देशमा अधिकार सम्पन्न स्थानीय सरकार स्थापनापछि घरपायक वडा वा पालिकाको कार्यालयबाट सेवा...

भानु कलेजले गर्‍यो कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगरको मेनरोडस्थित भानु +२ कलेजले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजले बुधबार विराटनगरस्थित महेन्द्र होटल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ को वार्षिक...