काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला सात सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन पनि प्रतितोला सात सय रूपैयाँले वृद्धि भएको छ । महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला एक लाख २४ हजार छ सय रूपैयाँ कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला एक लाख २३ हजार नौ सय रूपैयाँ मूल्यमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला एक हजार पाँच सय २० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार पाँच सय २५ रूपैयाँ निर्धारण भएको छ ।
Post Views: 30