विराटनगर । चौकीदार अभिषेक गिरीले मोरङ कारागारमा अक्सिजन सिलिण्डर वितरण गरेका छन् । कारागार भित्रका विरामीहरुका लागी चौकीदार गिरीले दुई थान अक्सिजन सिलिण्डर, सहयोग गरेका हुन् ।
तेस्रो लहरको कोरोना संक्रमण बढन थालेपछि कारागारमा अक्सिजनको कमी हुन नदिन उनले १० लिटरको दुई थान अक्सिजन सिलिण्डर आज वितरण गरेका हुन् । ‘अक्सिजनको कमीले कसैको पनि ज्यान जान नदिनका लागि मेरो व्यक्तिगत खर्चमा अक्सिजनसहितको सिलिण्डर प्रदान गरेको हो,’ उनले भने । यसअघि कारागार भित्र अक्सिजन सिलिण्डर थिएन । ‘संक्रमण भएर विरामीलाई अक्सिजनको आवश्यक प¥यो भने यही अक्सिजन सिलिण्डर प्रयोग गर्नेछौं,’ उनले भने, ‘हस्पिटलसम्म पु¥याउन दुई थान अक्सिजन सिलिण्डेरले विरामीलाई धेरै सहयोग मिल्नेछ ।
चौकीदार गिरीले अक्सिजन सिलिण्डरसहित कारागार भित्र रहेका विपन्न २१ जना कैदीबन्दीहरुलाई जाडोको न्यानो ज्याकेट पनि बितरण गरेका छन् । उनले कारागार भित्रका कैद भुक्तान गर्दै आएका ज्येष्ठ ३१ जना कैदीबन्दीहरुलाई हरलेक्स पनि वितरण गरेका छन् ।
अहिले कारागारमा संक्रमण देखिएको छैन । संक्रमण भइहाले संक्रमितलाई राख्न कारागारको माथिल्लो तलामा आइशोलेशन पनि बनाउने तयारी सुरु गरिएको छ । कारागार बाहिर होल्डिङ सेन्टरमा राख्ने तयारी कारागार प्रशासनले गरेको छ । अदालतबाट पूर्पक्षको लागि थुनामा राख्न कारागार पठाउने अभियुक्तहरुको लागि कारागार बाहिर होल्डिङ सेन्टर बनाउने भएको हो । दुई हप्तासम्म होलिडिङ सेन्टरमा पूर्पक्षको लागि पठाएको प्रतिवादीको पिसिआर गरेपछि रिपोट नेगेटिभ आएपछि कारागार भित्र प्रवेश गराउने बताइएको छ ।
Post Views: 2