विराटनगर । विराटनगर महानगरपालिकाले नेपाल भारत सिमामा स्थापना गरेको हेल्थ डेस्कमा ८ जना कर्मचारी नियुक्ती गरेको छ । तर डेस्कमा जम्मा दुई जना कर्माचारी मात्र भेटिने गरेका छन् त्यो पनी मोवाइल चलाउन मै ब्यास्त देखिन्छन् । महानगरपालिकाले पनी नाकामा भइरहेको अवस्थाका बारेमा कुनै चासो देखाएको छैन जस्का कारण दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
नेपाल भारत आवतआवत गर्नेहरुलाइ डेस्कमा ल्याएर चेकचाँच गर्नु पर्ने हो तर हेल्थ डेस्कमा चेकचाँच गरिएको पाँइदैन । विराटनगरमा कोरोना भाइरस तिव्र रुपमा फैलिरहेको अवस्थामा सिमामा चेकजाँच न्युन हुनुले भोलिका दिनमा महामारीले भयाकंर रुप लिन नसक्ला भन्न सकिन्न तर हेल्थ डेस्कका कर्मचारी भने जनताले तिरेको करले तलव पकाउनमै व्यास्त देखिन्छन् ।
Post Views: 3