विराटनगर, १६ फागुन । नायिका स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म ‘थिरिमाली’ मा अनुबन्धित् भएकी छन् । दक्षिण भारतीय फिल्म गर्ने धेरै अगाडिदेखि नै चर्चा चलेकाे भएपनि हालै मात्र उनले कागती रूपमा सम्झौता गरेकी हुन् ।
स्वस्तिमाले सामाजिक सञ्जालमार्फत आफूले साउथ फिल्म ‘थिरिमाली’ साइन गरेको जानकारी दिएकी छन् । उनले यसै फिल्ममार्फत साउथ इन्डियन फिल्म क्षेत्रमा अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।
फिल्म ‘थिरिमाली’मा उनी सहायक भूमिकामा अनुबन्धित भएकी हुन् । भूमिका जे भएपनि सिक्न र करिअरमा अगाडि बढाउन फिल्मले आफूलाई मद्दत पुग्ने स्वस्तिमाले बताएकी छन् ।
हाल निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित् फिल्म ‘चिसो मान्छे’ का क्रममा व्यस्त स्वस्तिमाले यो फिल्मको छायाँकन सकिएपछि ‘थिरिमाली’लाई समय दिनेछिन् । स्वस्तिमाले महंगो पारिश्रमिक बुझेर फिल्ममा आबद्ध भएको बुझिएको छ ।
तथापि, फिल्ममा उनको भूमिकाबारे भने निर्माण टिमले कुनै जानकारी दिएको छैन । राजीव सेट्ठीले निर्देशन गर्ने फिल्मको ७० प्रतिशत नेपालमा र ३० प्रतिशत भारतमा छायाँकन हुने बताइएकाे छ । फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज्सँग नेपालको तर्फबाट अनन्या फिल्मस्ले सहकार्य गरेको छ ।
फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मासँगै नेपाली कलाकार माओत्से गुरुङको पनि अभिनय रहने जानकारी प्राप्त छ ।
नेपाली, हिन्दीसँगै दक्षिण भारतका विभिन्न भाषामा फिल्म निर्माण हुनेछ । निर्माण टिमले फिल्मको मोशन पोस्टरसमेत सार्वजनिक गरिसकेको छ । काठमाडौं र मुस्ताङमा फिल्मको छायाँकन गरिनेछ ।
Post Views: 75