विराटनगर, १६ फागुन । युवाहरूको टोलीले मोवाइल डाक्टर अभियानको सुरुआत गरेका छन् । क्युरा हेल्थ एप्लिकेसनमार्फत विराटनगरलगायत देशभरिका विभिन्न हस्पिटलको पूर्जा काट्न सकिने व्यवस्था गरेको छ ।
विराटनगरका चार जना युवाहरूको सक्रियतामा उक्त एप्लिकेसनमार्फत विराटनगरलगायत देशभरकै अस्पतालहरूमा बिरामीहरूलाई जोड्ने काम गरेको छ । विराटनगरका आयुस भगत, रजत अग्रवाल, जयश्री जानु र डेनिस कार्कीको सक्रियतामा उक्त अभियानले अग्रता लिएको छ ।
यस एपमार्फत नेपालका नाम चलेका डाक्टरहरूसँग परामर्श लिन सकिने उनीहरूले बताए । अस्पतालमा गएर लाइनमा बसेर पनि डाक्टर भेट्न नसकिरहेको अवस्थामा यस एपले महत्वपूर्ण भुमिका खेल्ने आयुस भगतले बताए ।
उक्त एपमार्फत कुन डाक्टरसँग कुन समयमा भेट्ने हो भन्ने जानकारीसमेत लिन सकिन्छ । क्युरा हेल्थ एप डाउनलोड गरेर जुनसुकै स्थानबाट सेवा लिन सकिने भगतको भनाइ छ ।
Post Views: 74