विराटनगर । विराटनग।–१० मा अवस्थित अर्किड कलेजले प्रजातन्त्र दिवसको उपलक्ष्यमा कविता प्रतियोगिताको आयोजना गरेको छ । कलेजले आज कलेजको प्राङ्गणमा कलेजमा अध्ययनरत विद्यार्थीविच कविता प्रतियोगिताको आयोजना गरेको हो ।
कक्षा १२ का वेदान्त तिमिल्सिनाले १५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै कक्षा १२ कै अस्मिता चौधरी दोस्रो र कक्षा १२ कै ज्योतिका गौतम तेस्रो भएकी छिन् । कविताको प्रतियोगिताको निर्णयक मण्डलमा दिनेश ढकाल, कृष्ण तामाङ र सन्तोष अधिकारी रहेका थिए ।
कलेजमा लिएको आन्तरिक परिक्षामा कक्षा ११ र कक्षा १२ का उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगदसहित पुरस्कार र सम्मान समेत गरेको छ । प्रतियोगिहरुलाइ कलेजका प्रिन्सिपल दिपेश बास्तोला, सञ्चालकहरु डा. राजन दत्त,सिएम श्रेष्ठ, डा. सुजितकुमार साह र मनिष भट्टराईलगायतका शिक्षक तथा शिक्षिकाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
Post Views: 5