विराटनगर । तेस्रो बङ्गबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली कबड्डी टोली आज बङ्गलादेश प्रस्थान गरेको भएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले शुक्रबार एक कार्यक्रम बीच बिदाइ गरेका थिए ।
खेलाडीहरुमा लालमोहर यादव, नागेश्वर थारु, प्रवीण खड्का, कुमार लामा, बन्धु राना, रामु टमाटा, घनश्याम रोक्का मगर, विनोद तामाङ, सविन बोहजु, सागर चौधरी, पशुपति शाह र सरमन प्रजापति रहेका छन् । प्रशिक्षकमा प्रकाशप्रसाद साह, व्यवस्थापकमा अरविन्दकुमार झा र निर्णायकमा तरुणकुमार यादव रहेका छन् ।
मार्च ११ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित १२ देशको सहभागिता रहने कबड्डी संघका महासचिव विनोद प्रजापतिले जनाएका छन् । महासचिव प्रजापतिका अनुसार नेपालसहित श्रीलङ्का, बङ्गलादेश, थाइल्याण्ड, मलेसिया, इराक, इण्डोनेसिया, चाइनिज ताइपेइ, अर्जेन्टिना, केन्या, पोल्याण्ड र बेलायत सहभागी हुने छन् ।
Post Views: 2