कटहरीका अध्यक्ष चौधरीको ‘मिशन कमिशन’ : पाए खुसी, नपाए ठेकेदार दोषी

कटहरीका अध्यक्ष चौधरीको ‘मिशन कमिशन’ : पाए खुसी, नपाए ठेकेदार दोषी

 राष्ट्रिय डेली

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले आफ्नो पालिकामा हुने विकास निर्माणका कार्यमा निर्माण पक्षसँग कमिशन माग्ने गरेको आरोप निर्माण कम्पनीले लगाएका छन् । कमिशन माग्ने र नपाए अनावश्यक दुःख दिने गरेको आरोप अध्यक्ष चौधरीमाथि लागेको हो ।

अध्यक्ष चौधरी आफ्नो कार्यशैलीका कारण विगतमा पनि विवादमा पर्दै आएका थिए । उनको कार्यशैलीप्रति असन्तुष्ट स्थानीय नागरिकले उनीविरूद्ध प्रदर्शन गर्ने, धर्ना दिने गर्दै आएका थिए ।

यसैबीच कटहरी गाउँपालिका र धनपालथान गाउँपालिकाको सिमाना भएर बग्ने लोहन्द्रा खोलामा नदीजन्य पदार्थ उत्खननका लागि धनपालथान गाउँपालिकाले ठेक्का लगाएकामा कटहरीका अध्यक्ष चौधरीले ठेकेदारसँग कमिशन मागेको तर नपाएपछि ठेकेदारलाई दुःख दिएको आरोप लागेको छ ।

खोला उत्खननको ठेक्का पाएको ठेकेदार कम्पनी आरसी कन्स्ट्रक्सनका प्रतिनिधि संजय मण्डलले आफूहरूले सम्झौताअनुसार नियमसंगत रूपमा नै काम गरे पनि अध्यक्ष चौधरीले कमिशन नपाएपछि विभिन्न बहानाबाजी गर्दै काममा रोकतोक गरेर अनावश्यक दुःख दिएको राष्ट्रिय डेलीलाई बताए ।

तर, अध्यक्ष चौधरीले भने अनुगमन गर्दा जथाभावी खोला उत्खनन भएको पाइएको बताए । गत शुक्रबार गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशी, जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई, मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की, सशस्त्र प्रहरी प्रमुख एसपी विश्वबहादुर खड्का, अनुसन्धान उपनिर्देशक तिलकराम शर्मा, सहायक प्रमुख जिल्ला अघिकारी प्रदीप साह, कटहरीका प्रमुख प्रशासकीय अधिकृत मनोज साह, वडा नं. ३ का वडाध्यक्ष जद्दुलाल कामतलगायतको टोलीले खोला उत्खननको स्थलगत अनुगमन गरेको थियो ।

यस्तै कमिशन नपाएपछि ठेकेदारलाई दुःख दिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको बताउँदै अध्यक्ष चौधरीले आफूले अहिलेसम्म कसैसँग पनि कमिशन नमागेको दाबी गरे ।

जनगुनासो पनि कमिशनकै
यता गुणस्तरहीन काम भइरहेका कतिपय विकास आयोजनामा भने कमिशन पाएपछि अध्यक्ष चौधरीले त्यसलाई नजरअन्दाज गर्ने गरेको आरोप स्थानीयको छ ।

विराटनगर-रंगेली सडक निर्माणमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहे पनि अध्यक्ष चौधरीले त्यसमा कुनै चासो नदेखाएको स्थानीयको भनाइ छ । स्थलगत अनुगमन गरेर सम्बन्धित निर्माण कम्पनीलाई सचेत गराउने तथा कारबाही गर्नुपर्नेमा अध्यक्ष चौधरी मौन रहेको एक स्थानीयले बताए । नाली विस्तारमा १ नम्बर इँटा प्रयोग हुनुपर्नेमा ३ नम्बर इँटा प्रयोग भइरहेको, कंक्रिटको मिसावटमा पनि आवश्यक सामग्रीको मात्रा नमिलाएको ती स्थानीयले बताए ।

अहिले स्थानीय तहहरूमा कमिशन खाने प्रवृत्तिका कारण विकास निमार्णका कार्यहरू गुणस्तरहीन हुने गरेका छन् । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू कमिशनको खेलमा लाग्दा नागरिकहरू सास्ती व्यहोर्न बाध्य छन् । नागरिकले तिरेको करले जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा परिपूर्ति गर्ने भए पनि अधिकांशले यसको दुरूपयोग गर्दै व्यक्तिगत स्वार्थ परिपूर्ति गरिरहेका छन् ।

adv-single
सम्बन्धित समाचार

राप्रपा कोशी प्रदेश प्रमुख सचेतकमा सविना बजगाई चयन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको प्रमुख सचेतकमा सविना बजगाई चयन भएकी छन् । सोमबार बसेको राप्रपा संसदीय दलको बैठकले बजगाईलाई प्रमुख सचेतकमा चयन गरेको हो । यसअघि राप्रपा कोशी प्रदेशको प्रमुख सचेतकमा...

यसकारण छ खास बेलका-४ को विकास [अन्तर्वार्ता]

नेपाल संघीयता अभ्यासको दोस्रो चरणमा छ । विगतमा सामान्य प्रशासनिक कामकाजका लागि पनि जिल्ला सदरमुकाम वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यात्मक कठिनाइ झेलेका नागरिकले देशमा अधिकार सम्पन्न स्थानीय सरकार स्थापनापछि घरपायक वडा वा पालिकाको कार्यालयबाट सेवा...

भानु कलेजले गर्‍यो कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगरको मेनरोडस्थित भानु +२ कलेजले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजले बुधबार विराटनगरस्थित महेन्द्र होटल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ को वार्षिक...

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...