विराटनगर । मोरङमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाका छुट्टाछुट्टै स्थानबाट गाँजा र प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ परेका हुन् ।
बिहीबार बिहान इलाका प्रहरी कार्यालय, पथरीले ११ बजे पथरीशनिश्चरे नगरपालिका-७ मा लागुऔषध बेचबिखन भइरहेको सूचना पाएको थियो । सोपश्चात् खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा २७ वर्षीया सुजा लिम्बू र उनको भाइ २१ वर्षीय अमृत लिम्बूको साथबाट ट्रामाडोल, डिकोलाइट गरी ९ सय ट्याब्लेट बरामद गरेको थियो ।
यस्तै पथरिशनिश्चरे नगरपालिका-२ बाट धनकुटाको साँघुरीगढी नगरपालिका-३ का ४२ वर्षीय प्रेमकुमार याखालाई ६ किलो गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 162