विराटनगर । मोरङको बेलबारी नगरपालिका–७ मा ३१ वर्षीय वासुदेव कार्कीले
बिहीबार दिउँसो आफ्नै बुबा ६२ वर्षीय जयबहादुर कार्कीको हत्या गरेका हुन ।
अँन्शबन्डासम्बन्धी विवाद हुँदाअं वासुदेव बुबा आमा र भाइ तीर्थराज सँग झडप परेको थियो ।
जय बहादुरले छोरीलाई जग्गा बेचेपछि उनीहरूको विवाद भएको पाइएको इलाका प्रहरी कार्यालय बेलबारीका इनिस्पेक्टर खगेन्द्र धमलाले बताए ।
त्यही विवादलाई लिएर वासुदेव र उनका भाइ तीर्थराजबिच भएको झगडा छुट्याउन गएका जयबहादुरलाई जेठो छोरा वासुदेवले आँगनको ढुङ्गामा पछारेको प्रहरीले जनाएको छ ।
दिउँसो १२
बजेतिर छोराले आँगनमा पछारेपछि गम्भीर घाइते भएका वृद्ध जयबहादुरलाई उपचारका लागि विराटनगरको विराटनगर अस्पतालमा ल्याएको थियो ।
अस्पतालमा ल्याउने बित्तिकै जयबहादुरलाई चिकित्सकले मृत घोषणा गरेको थियो
प्रहरीले बाबुको हत्यामा संलग्न वासुदेवलाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।
अनुसन्धानका लागि भाइ तीर्थराजलाई पनि नियन्त्रणमा लिइएको मोरङ प्रहरीले बताएका छन् ।
अन्श को लागी वासुदेवले आमा ५८ बर्सिया उमादेवी कार्कीमाथि समेत कुटपिट गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छोराको कुटपिटबाट उदेवीको अवस्था नीकै नाजुक रहेको छ ।
Post Views: 9